काठमाडौँ, जेठ ११ । संघीय संसद्, प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सभामुख कृष्णबहादुर महराले सदनको ध्यानाकर्षण गराएका छन् ।
सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा बोल्दै सभामुख महराले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराएका हुन् ।
उनले संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको प्रतिनिधि समयमा नै उपस्थित हुनका लागि पनि ध्यानाकर्षण गराउँदै आजको निर्धारित समयमा बैठक शुरु गर्न सरकारको उपस्थिति खड्किएको बताए ।
यसैगरी सभामुख महराले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्ने सांसदले निर्धारित सयमभित्र आफ्नो भनाइ राख्न ध्यानाकर्षण समेत गराए ।
0
Shares