उपसभामुख तामाङद्वारा दिवंगत बुबाआमाको सम्झनामा विद्यार्थीलाई सहयोग

नुवाकोट, जेठ १३ । दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले यहाँका तीन विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेकी छिन् ।

क्यान्सर रोगका कारण मृत्यु भमएका बुबा शेरबहादुर र आमा राम्री तामाङको सम्झनामा स्थापित उक्त प्रतिष्ठानमार्फत शिवपुरी गाउँपालिकामा रहेका तीन वटा विद्यालयका ११० विद्यार्थीलाई उनले शनिबार ती सामग्री वितरण गरेकी हुन् ।

 शिवपुरी गाउँपालिका वडा नं १ तलाखुको खोलेखर्क आधारभूत विद्यायल, वडा नं ३ लिखुको माङ्चेभुमे प्रावि र शिलाका प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन जगाउन र नियमित विद्यालय जान प्रेरित गर्न विद्यालय पोशाक, कापी, कलमलगायतका सामग्री वितरण गरिएको प्रतिष्ठानका संरक्षक एवं उपसभामुख तामाङले बताइन् ।

दुर्गम क्षेत्र, जनजाति समुदाय र शिक्षामा चेतनाको स्तर वृद्धि गराउन सहयोग प्रदान गरेका हाँै उनले भनिन्, आगामी दिन स्वास्थ्य शिविर तथा सीप प्रवद्र्धनमार्फत समृद्ध समुदाय निर्माणमा केन्द्रित हुने योजना बनाएका छौँ ।

खोलेखर्क आधारभूत विद्यायलका प्रधानाध्यापक विन्देश्वर शाहका अनुसार बालबालिका विद्यालयमा भर्ना भए पनि नियमित नहुँदा शैक्षिक गुणस्तर बढ्दै आएको कठिनाइ समाधान गर्न प्रतिष्ठानको सहयोग महत्वपूर्ण रहेकोछ छ ।

सामग्री वितरणसँगै यसै प्रदेश (प्रतिनिधिसभा–१ को प्रदेश ‘क’) बाट प्रदेशसभा सदस्यमा निर्वाचित तामाङले गाउँको विकासका लागि अभिभावक तथा स्थानीयवासीसँग अन्तरक्रियासमेत गरे ।