काठमाडौं, जेठ १४ । काठमाडौं उपत्यकाका अधिकांश पेट्रोल पम्पहरुले कम तेल बिक्री गर्दै उपभोक्तालाई ठगी गरेको पाइए पछि राजधानीका विभिन्न पेट्रोल पम्पहरुमा सिलबन्दी गरेको गरिएको छ ।
आज बिहानदेखि उद्योग मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल गुणस्तर तथा नापतौल विभागको संयुक्त टोलीले गरेको अनुगमनका सिलसिलामा मापदण्ड विपरित काम गर्ने ३ पेट्रोल पम्पमा सिलबन्दी गरेको हो ।
सिलबन्दी गरेका पेट्रोल पम्पमा प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो १५ स्थित महालक्ष्मी विश्वकर्मा ट्रेडर्सको पेट्रोल डिस्पेलिङ पम्प लगायतका रहेका छन् ।
उक्त पेट्रोल पम्पमा १० लिटर पेट्रोल हाल्दा बढीमा २५ एमएल कम हुँदा सम्म छुट पाइने निगमको प्रावधान छ तर प्रशान्ति आयल स्टोरमा ३० एमएल र महालक्ष्मी विश्वकर्मा ट्रेडर्समा ४० एमएल पेट्रोल कम भएको पाइए पछि सिल गरिएको हो ।
त्यसै गरि त्रिपुरेश्वरको मायाराम भुलाराम पेट्रोल पम्पमा स्वीच अन अफ गर्ने ठाउँमा इलेक्ट्रिक मेसिन जडान गरिएको पाइएको थियो । डिस्पेलिङ पम्पमा जडान भएर आउने ह्यान्डेल फालेर इलेक्ट्रिक मेसिन जडान गरेको पाइएपछि ह्यान्डेल मेसिन नै राख्न भनिएको छ ।
इलेक्ट्रिक मेसेनिले आगलागी हुने जोखिम बढ्ने भन्दै यस्तो नगरे कारवाही गर्ने चेतावनी समेत दिएको छ ।