सरकारका गलत कामको खबरदारी गर्छौ : डा. महत

नुवाकोट, जेठ १४ । सरकारले गर्ने गलत कामको कांग्रेसले खबरदारी कांग्रेसले गर्ने नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले बताएका छन् ।

सरकार दुई तिहाई बहुमत र ठूलो पार्टीको घमण्ड बोकेर अघि बढेको र उसले स्वेच्छाचारी रुपमा काम गर्ने उद्धत रहेकोले अब कांग्रेसले सशक्त विपक्षीका रुपमा सरकारको खबरदारी गर्ने विचार व्यक्त गरे ।

नेपाली काँग्रेस नुवाकोटट क्षेत्र नं १ द्धारा आयोजित लिखु र पञ्चकन्या गाउँपालिका स्तरिय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सरकारले प्रचारको शैलीमा काम गरेको, राजस्व अनुसन्धान विभागदेखि कतिपय संवेदनशील कार्यालयहरु नै प्रधानमन्त्री कार्यालय अन्तर्गत राखेर स्वेच्छाचारी बन्ने छनक देखाएकोले अब कांग्रेसले सरकारका हरेक तहको निगरानी र खबरदारी गर्ने बताएका छन् ।

सरकारका नीति तथा कार्यक्रमहरु स्पष्ट र काम विना प्रचारात्मक र लोकप्रिय बन्ने मात्र शैलीमा आएका र तिनको प्राप्तिका लागि कुनै भरपर्दो आधार नदेखिएको उनले टिप्पणी गरे ।

सरकारले काम थाल्नुभन्दा पनि यो गर्दैछु र उ गरिनेछ भनेर प्रचार मात्र बढी गर्ने गरेको भन्दै डा.महतले भने— सरकाले कामलाई ध्यान दिनुभन्दा पनि प्रचारमा बढी रमाएकोले अब प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुनेछ, त्यो हामीले निर्वाह गर्नेछौँ । तर नेपाली कांग्रेसले आफूले गरेका कामहरु प्रचारात्मक शैलीमा बाहिर नल्याउने गरेको तर कम्युनिष्टहरुको प्रचारको शैली देखेको भन्दै संगठन गर्ने र प्रचार गर्ने शैली उनीहरुबाट सिक्नुपर्ने बेला आएको डा महतको भनाइ छ ।

बाहिर प्रचार गरिएजस्तो कुनै पनि विवाद कांग्रेसभित्र नरहेकोले कार्यकर्ताको भावना र मनोवललाई उँचो राख्दै अब सशक्त प्रतिपक्षका रुपमा गाउँ गाउँमा पुग्ने उनले बताए ।

उनले भने– काँग्रेस अब सम्पूर्ण एकताका साथ अगाढी बढ्छ कसैका तागतले यसलाई नरोक्ने र सैद्धान्तिक बैचारिक योजना र कार्यक्रमको रुपमै काँग्रेसजनताको माझमा जाने कुरामा जोड दिए ।