बहुसांकृतिक मेला कारासागा सम्पन्न ।

राजु थापा, क्यानडा ।

मिसिसागा, नेपाल सहित बिश्वका करिब ७५ देशको सहभागितामा संचालन भएको बहु सांकृतिक तथा ब्यापारिक मेला कारासागा २०१८ सम्पन्न भएको छ ।

ग्रेटर टोरोन्टोको मिसिसागा शहरमा यहि मे २५, २६ र २७ तारिख सम्म संचालन भएको उक्त मेलामा प्रत्येक देशको आआफ्नो कला कौशल, संकृति, भेषभुषा, परिकारहरु लगायत आआफ्नो देशको चिनारी झल्काउने सामाग्रिहरुको प्रदर्शन तथा बिक्रि बितरण गरिएको थियो ।

उक्त मेलामा नेपालले पनि आफ्नो सहभागिता जनाएको थियो । नेपालको तर्फबाट पनि नेपालमा उत्पादित हस्तकला सामाग्रिहरु, नेपाली परिकारहरु, नेपाली पर्यटन ब्यबसाय सँग सम्बन्धित पर्यटन प्रबद्र्धन सामाग्रिहरु लगायतका सामाग्रिहरुको सजावट र बिक्रिवितरण गरिएको थियो । कार्यक्रममा अटिजम भएका बालबालिकाहरुलाई आवश्यक पर्ने बातावरण, बिशेष शिक्षा, बिभिन्न थेरापी सेवाहरु र  सिपमूलक तालिमहरु बाट उनीहरुलाई सक्षम र आत्मनिर्भर बनाउन स्थापना गरिएको पुनस्र्थापना केन्द्रले उत्पादन गरेका ढाका टोपि, दौरा सुरुवाल लगायत अन्य हस्तकलाका बिभिन्न सामाग्रिहरु प्रदर्शन तथा बिक्रि बितरण गरिएको थियो ।

जिटिए भित्र बस्ने नेपालीहरुको तुलनामा मेलामा उपस्थित हुनेको संख्या भने न्यून रहेको थियो । बिदेशिहरुले भने बढो रुचिका साथ नेपाली स्टल अबलोकन गरेका थिए । मे २५ मा सुरु भएको उक्त मेलाको उद्ध्घाटन कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत कालीप्रशाद पोखरेल, एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले लगायत अन्य संघ संथाका प्रतिनिधि र नेपाली समूदायको उपस्थिति रहेको थियो ।

मेलामा सफतापूर्वक आफ्नो जिम्मेवारि पुरा गरि क्यानडामा नेपाल र नेपालीको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कार्यक्रमको समापनका दिन नेपाली जनसम्पर्क समितिका सभापति बुद्धि वली, एनज्याकका अध्यक्ष गिरि बुढाथोकी लगायत पूर्व एनआरएनका अध्यक्ष तल्सी सापकोटाले पर्यटन दुत एनबि टण्डनलाई सम्मान गरेका थिए ।

नेपाल सरकार बाट नियुक्त क्यानडाका लागि अनरी पर्यटन दुत नरबहादुर टण्डनको संयोजकत्वमा नेपाली प्रतिनिधिहरुको सहभागिता सफलता पुर्बक भएको थियो ।