स्थानीय तहका कर्मचारीको तलब खटाइएको स्थानमा उपलब्ध गराइने

काठमाडौँ, जेठ १६ । सरकारले स्थानीय तहका कर्मचारीको तलब आगामी आर्थिक वर्षदेखि सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ ।

संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनाएका छन् ।

स्थानीय तहमा सरुवा भएका कर्मचारी त्यहाँ नजाने गरेकाले सम्बन्धित स्थानीय तहमा तलब पठाएर जान बाध्य पार्नका लागि मन्त्रालयले यस्तो योजना ल्याएको उनले प्रस्ट पारेका छन् । अहिले केन्द्रबाट सरुवा भएर गएका कर्मचारीले केन्द्रबाट तलब लिने गरेका छन् ।

तलब संघबाट र काम स्थानीय तहमा हुने भएकोले धेरै कर्मचारी अझै जान मानेका नमानेको भन्दै त्यसैले जहाँ खटिएका छन् त्यहीँ तलब पठाउने हो भने कर्मचारी तलबका लागि भए पनि स्थानीय तहमा जान्छन्– उनले भने ।

आउँदो आर्थिक वर्षदेखि स्थानीय तहमा दरबन्दी अनुसार करीब ५७ हजार कर्मचारीको तलब सम्बन्धित स्थानीय तहमा पठाइने उनको भनाइ छ ।