एक्सपर्ट एजुकेशन एन्ड माइग्रेशन सर्भिसले यही आउदो शनिबार सिडनीमा एजुकेशन एन्ड माइग्रशेन सेमिनारको आयोजना गर्ने भएको छ ।
अस्ट्रेलियामा उच्च अध्यनमा आउने बिध्यार्थीका लागि ब्रान्ड बनिसकेको एक्सपर्ट एजुकेशनले बिध्यार्थीको हितलाई ध्यानमा राखेर एक दिने शैक्षिक तथा अध्यागमन सम्वन्धी सेमिनार सिडनीको टाउनहलस्थीत रिज होटलमा आयोजना गर्न लागेको हो ।
शैक्षिक तथा अध्यागमन बिषयमा छुटटाछुटटै परामर्श समावेश रहेको सेमिनारको पहिलो सत्रमा अस्ट्रेलियामा रहेको बिध्यार्थीहरुको स्थायीत्वको सवालमा ४८९ भिषा र १९० भिषाका बिषयमा तास्मानिया,डार्बिन र क्यानबेरा जस्ता रिजनलहरुको संभावना र सरकारी नितीका बिषयमा बिशेष छलफल चलाइने कुरा एक्सपर्टका निर्देशक बद्री अर्यालले बताए । पहिलो सत्रमा अध्यागमनका बिषयमा प्रोफेसनल इयर, नाटी तथा सीसीएल कोर्ससँंगै पछिल्लो समयमा अस्ट्रेलियन सरकारको निती अनुरुप बिध्यार्थीहरुले पीआरका लागि अंक पुरयाउन सक्ने बिषयमा बिज्ञ टोलीसँंग छलफल चलाइने एक्सपर्टका निर्देशक अर्यालले बताए ।
यस्तै पीटीइ परिक्षामा उच्चतम अंक हासिल गर्ने उपाय र तरिकाका बिषयमा समेत कक्षा संचालन हुने र बिभिन्न बिश्वबिद्यालयका प्रतिनिधीहरुसँंग बिध्यार्थीहरुले आफ्ना जिज्ञासा सिधा राख्न सक्ने एक्सपर्टका अर्का निर्देशक सन्जिव शर्माले बताए । हामीले बिध्यार्थीका जिज्ञासा र अध्यागमनका अप्ठ्याराका बिषयमा यहा रहेका बिध्यार्थीहरुलाई सहज होस भन्ने हेतुले यो शैक्षिक तथा अध्यामगन सेमिनार आयोजना गर्न लागेका हौ, शर्माले बताए । सेमिनारमा बिध्यार्थीले निशुल्क मोक टेष्ट समेत दिन पाउने छन भने प्रवेशमा कुनै शुल्क लाग्ने छैन ।
शैक्षिक तथा अध्यागमन मेलामा बिश्वबिद्यालयमा प्राप्त गर्न सकिने छात्रबृती र बिध्यार्थीका कल्याणकारी बिषयमा समेत परामर्श गरिने एक्सपर्टले जनाएको छ ।
0
Shares