भारतबाट सेतो अन्डाको तस्करी नेपालमा बर्डफ्लुको जोखिम

वीरगन्ज, असार । वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको सेतो अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन् । खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि नेपालमा बर्डफ्लुको जोखिम बढ्दै जान थालेको छ ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, कचोर्वा लगायत नाकाबाट तस्करले साइकल, मोटरसाइकल र जिपमा सेतो अन्डा तस्करी गरी बाराको ग्रामीण भेगका बजारसम्म पु¥याउने गरेका छन् । जिल्ला पशुसेवा कार्यलय बाराका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्नदन साह सुरक्षाकर्मीको लापरबाहीका कारण भारतीय अन्डा नेपाल भित्रिने गरेको बताउँछन् । सरकारले भारतीय अन्डा आयातमा प्रतिबन्ध लगाएको भए पनि यसरी दिनहुँ अन्डा तस्करी गरी ल्याइरहँदा पनि यसको रोकमा भने कुनै पनि पहल गरेको पाइदैन ।