काठमाडौँ, जेठ २० । आर्थिक वर्ष २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलसहित आजको प्रतिनिधिसभाको बैठक प्रारम्भ भएको छ ।
बैठकमा समय माग गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध सांसद अतहर कमाल मुसलमानले गरे । उनले मूल्य वृद्धि फिर्ता लिन अनुरोध समेत गरे ।
सुन तस्करीका विषयमा सरकारको ध्यानाकर्षण सांसद प्रेम सुवालले गराएका हुन् । संघीय संसद्को दुवै सदनमा जेठ १५ गते प्रस्तुत आगामी आव २०७५÷७६ को बजेटका विषयमा सांसद्ले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा युवराज खतिवडाले जवाफ दिने कार्यक्रम रहने छ ।
0
Shares