बेनीसा, स्वतीमा, एलिसा र बर्षा एउटै स्टेजमा

सिडनीमा सप्तपरी
पोष्टर सार्वजनिक समारोहमा नेपाली समाजका अगुवाहरु
अस्ट्रेलियाको नेपाली समाजमा कला, संगितको माध्यमवाट आफ्नो पहिचान बनाउदै आएको नेपीन्डो फ्युजन समुहले आगामी जुलाई २८तारिख पारेर सिडनीमा सप्तपरी नामका महत्वपुर्ण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सिडनीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपीन्डो फ्युजनकी संस्थापक उषा किरण बारिया पोखरेलले महिलाहरुको शसक्तीकरण अभियान अन्तर्गत नेपालमा बिभिन्न बिधामा नाम उचो पार्ने सात महिला अभियन्ताहरुलाई सिडनी ल्याएर कार्यक्रम आयोजना गर्न लागेको बताइन ।
सिडनीको मुटुमा रहेको टाउनहलमा आयोजना हुने यस कार्यक्रममा नेपालवाट मिस नेपाल २०१७ निकिता चन्डक, नायीकाहरु स्वस्तीमा खड्का,बर्षा राउत, बेनिसा हमाल ,एलिसा राइ, गायिका रजनी रीमाल र उत्प्रेरक श्रृष्टी केसी रहेका छन ।
पत्रकार सम्मेलनमा बोल्दै एनआरएन नारी निकुन्जकी उप संयोजक सन्ध्या शाहले नेपालका बिकट जिल्लाहरुमा अहिलेपनि महिलाहरुको अवस्था सन्तोषजनक नरहेको अवस्थामा नेपालमा आफ्नै बलबुताले केहि गर्न महिलाहरुलाई अस्ट्रेलिया ल्याएर उत्प्रेरणा कार्यक्रम गर्नु महत्वपुर्ण बिषय भएको बताइन । प्रयोजकको तर्फवाट एक्सपर्टका बिष्णु हमालले महिलाहरुको सशक्तीकरणका सवालमा आफुहरु सकरात्मक रहेको र यस्ता नेपालीपन झल्काउने कार्यक्रममा आफुहरुको सहयोग रहीरहने बताए ।
पत्रकार सम्मेलनमै एनआरएन ओसेनियाका संयोजक धर्म अधिकारीले नारी र पुरष एक रथका दुइ पांग्रा भएकाले महिलाहरुको शसक्तीकरण अभियानमा पुरुषहरुको भुमिका महत्वपुर्ण हुनुपर्ने बताए । अधिकारीले आफु करिब डेढ सय किलोमिटरको दुरी छिचोलेर कार्यक्रममा आउनुको उद्देस्य भनेको महिलाप्रतीका सम्मान र सदभाव र सहयोग जताउन पनि भएको सुनाए ।
कार्यक्रममा एनआरएनकी संस्थापक तथा नेपाली समाजकी अगुवा इन्द्रा वनले महिलाहरुको हितका खातिर गरिने यस्ता कार्यक्रमहरुलाई समाजका सबै तह र तप्कावाट सहयोग गरिनुपर्ने बताइन ।
पत्रकार सम्मेलनसँंगै कार्यक्रमको पोष्टर समेत सार्वजनिक गरिएको थियो । सो अवसरमा अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय अध्यक्ष दिनेश पोखरेलले कला,संस्कृती र गित संगित मुलुकसँंग नजिक्याउने माध्यम भएकोले प्रवासमा यसको रक्षा गर्ने सबैको जिम्मोबारी भएको बताए । सन २००४की मिस नेपाल पायल शाक्यले  समेत पत्रकार स्म्मेलनमा  कार्यक्रम भब्य र सभ्य बनाउन सबैको सहयोगको अपेक्षा गरिन ।कार्यक्रममा एनआरएनका सचिब देब गुरुङ, कोषाध्यक्ष अच्युत थपलीया, आइसीसी सदस्य जानकी पौडेल, नारी निकुन्जकी संयोजक प्रतीज्ञा अधिकारीले कार्यक्रमको सफलताको कामना गरेका थिए । कार्यक्रम आयोजक समितीका सदस्य अनिल पोखरेलले सन्चालन गरेका थिए भने  एनआरएनका उपाध्यक्ष नन्द गुरुङ ,एनआरएनका पुर्व युवा संयोजक विजय पोखरेल ,नेपाल अस्ट्रेलियन युथ एशोसीएसनका अध्यक्ष प्रकाश खरेल, अगुवा रमेश पाण्डे , एनआरएनका ग्लोबल खेलकुद संयोजक राजु मानन्धरले पनि सफलताको शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा नेपालका सप्तपरीसँंगै सिडनीमा रहेका नया पुस्ताका परीहरुले पनि आफ्नो प्रतिभा प्रष्फुटन गर्ने छन । कार्यक्रममा मोडलिङ ,नृत्य र अन्य आकर्षक कार्यक्रम प्रस्तुत गरिने समेत आयोजक समितीका हर्ष बारियाले जानकारी गराए । कार्यक्रमवाट उठेको रकमको केहि अंश नेपालमा महीला तथा बालअधिकारमा लागिरहेको संस्थालाई प्रदान गरिने समेत हर्षले बताए ।