धनगढी, जेठ २० । नेपाली काँग्रेसका पुराना नेता ज्योतिप्रकाश जोशीको ७८ वर्षको उमेरमा निधन भएको छ । गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा उनको निधन भएको हो ।
बझाङको नेपाली काँग्रेसको संस्थापक रहेका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगको समस्या थियो । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
बझाङमा २० वर्षसम्म नेपाली काँग्रेसको सभापति रहेका जोशीले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निभाएका थिए ।
उनले आन्दोलनका क्रममा बझाङ र कैलालीमा गरी पटक पटक जेल जीवन भोगेका थिए ।
नेपाली काँग्रेसका नेता एनपी साउद, डडेल्धुरा काँग्रेस सभापति कर्णबहादुर मल्ल, कैलाली काँग्रेसका सभापति नरनारायण शाहलगायतले स्व जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिए ।
0
Shares