कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी १ जना पक्राउ परेका छन ।
जिल्ला अदालत मकवानपुर ले २०६९ चैत १९ गते गरेको फैसलाले कर्तब्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय तोके पछि फरार भएका हुन् ।
उनि प्रतिबादी जिल्ला मकवानपुर कैलास गा.पा. ५ गोगने बस्ने जय बहादुर मुक्तानलाई हिजो ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटेको प्रहरी टोलीले थाहा न.पा.३ थानाबजार स्थितबाट पक्राउ गरेको छ ।
उनलाई सम्मानित जिल्ला अदालत मकवानपुरमा उपस्थित गराउने कार्य भईरहेको प्रहरीले बताएको छ ।
0
Shares