चीनको ‘‘एक बेल्ट एक रोड’’ वास्तवमा के हो?

  • यम बराल

‘‘एक बेल्ट एक रोड’’ हालको वर्षमा चीनको निकै ठूलो र प्रस्ट नीति हो । संसारमा यो नीतिले धेरै प्रचार र निकै ठूलो ठाउँ पाएको छ । हामी अक्सर टेलिभिजनमा सान्दर्भिक रिपोर्ट देख्छौं तर पनि धेरैले बेल्ट र रोड के हो भनेर बुझ्दैनन् । यसले हाम्रो जीवनमा के ल्याउँछ प्रस्ट छैन ।वास्तवमा बेल्ट र रोड एक ठूलो र कठिन विषय हो । यो एक अवधारणा र नीतिगत विषय पनि हो । यसको व्याख्या गर्न त्यति सजिलो छैन, किनिकी यो विषय ठुलो हो र आधार सिमित छैन ।

चीनियाँ भाषामा “一带一路”, “ई ताई ई लु”चार शब्द “एक बेल्ट र एक रोड’’ वास्तवमा, बेल्ट र रोड दुई व्यापार मार्गहरूको संक्षिप्त नाम हो । द्दण्ज्ञघ मा, चीनका राष्ट्र प्रमुख (ह्í वìल उष्लन) ले पहिलो पटक यो अवधारणा उठाए । म भविष्यमा दुई विदेशी व्यापार च्यानलहरू विकास गर्न आशा गर्दछु । एक आर्थिक व्यापार मार्ग हो जुन प्राचीन सिल्क रोडसंग सम्बन्धित छ र मुख्यभूमि चीनदेखि शुरू हुन्छ । अर्को व्यापार मार्ग हो, जुन पुरानो चीनको समुद्री व्यापार मार्ग सम्बन्धित छ । “एक बेल्ट र एक रोड’’ भनेको एक भूमि व्यापार मार्ग र एक समुद्र व्यापार मार्गको संक्षिप्त नाम हो । हालसम्म नेपाल लगायत एशियाका घण्, युरोपका द्दण् र अफ्रिका का ट देशले सभागीता जनाई सकेका छन्, अन्य देश लाई बुझाउने र मनाउने क्रम जारी छ ।

धेरै मानिसहरूलाई लाग्ला किन चहियो यो व्यापारीक मार्ग ? किन चीनले अर्काको विकास गर्न खोज्दै छ? किन चीन धरै टाउको दुखाई राखेको छ? वास्तवमा “एक बेल्ट र एक रोड’’ संसारमा गम्भीर आर्थिक समस्यालाई हल गर्न एक गम्भीर प्रयास हो । दोस्रो विश्वयुद्धपछि सबै आफ्नो–आफ्नो देश बनाउन लागे, कति बिकसित पनि भए तर अझै धरै अविकसित छन् । चीनको कुरा गरम, चीनलाई आज “विश्व कारखाना’’ भनेर चिनिन्छ । चीनको अर्थतन्त्रको आर्थिक वृद्धिदरमा वृद्धि भको भई छ, यस्तै तरिकाले अगाडी बढ्ने हो भने विश्वको धेरै पैसा चीनमा भण्डार बढ्छ र विश्वमा आर्थिक समस्या आउँछ ।

त्यस्तो भयो भने चीनको आर्थिक कारोबार पनि कम हुन्छ । धेरै कमाई, कम खर्च हुँदा चीनले बर्षेनी अमेरिकी ब्राण्डहरू खरीद गर्छ । चीनलाई बर्षेनी विदेशी विनिमय उतार चढ़ावको प्रभावले ठुलो आर्थिक हानि हुन्छ । साधारण भाषामा भन्नुपर्दा चीनलाई लगानी गर्न ठाउँको अभाव भयो । आफ्नो अर्थ व्यवस्थाको विकास गर्न पैसा नभएका धेरै देशहरू छन्, र चीनको पैसा बैंकमा कुएको छ । चीनले अन्य देशमा धेरै विश्वसनीय सम्भावित परियोजनाहरू र लगानी बजार धेरै ठूलो दखेको छ । जस्तै राजमार्गहरू, पुलहरू, उच्च गतिको रेल मार्गहरू, विमानस्थलहरू मर्मत गर्ने र पुरानो शहरहरू पुनःनिर्माण गर्ने सबै आधारभूत परियोजनाहरू छन् । अघिल्लो वर्षहरूमा, चीन सीमेन्ट, स्टील र निर्माण सामग्रीजस्ता ठूला संख्याका आधारभूत परियोजनाहरूमा दक्ष भएको छ ।

धेरै अधिक क्षमता भएका कारखानाहरु छन् । कारखानाको उत्पादनले बजार पाउन सकेको छैन । चीनसँग विश्वकै नयाँ–नयाँ प्रविधिहरु छन्, ती प्रविधिले पनि बजार पाएका छैनन् । अन्य देशहरू हेर्दै, तिनीहरूमा धेरै पुरानो घरहरू र सडकहरू छन् जुन पुनरुत्थान गर्न आवश्यक छ । यो भनेको चीनको लागि एकदम ठूलो बजार हो । निष्क्रिय विदेशी विनिमय र अधिवेशनको समस्याको हल गर्नको लागि आर्थिक मन्दीको रोकथाम पनि हो ।

“एक बेल्ट र एक रोड’’ विश्वको कुना कुनासम्म पुगेर बजार खोज्ने, चीनको अतिरिक्त पैसा, अधिक उत्पादनहरू, नयाँ टेक्नोलोजी विश्वलाई दखाउने र विश्वमा शान्तिका साथै बिकसित गर्ने गराउने नीति हो । अन्य देशहरूलाई अमेरिकाको आर्थिक गुलामीबाट निकासा गराउने नीति हो । यसले धरै थोरै अमेरिकालाई असर पर्ने हुँदा आजका मितिसम्म पनि अमेरिकाले सहभागीता जनाएको छैन भने भारत पनि बार्गेनिङ्ग गर्दै छ, नेपालले भने कागजी रुपमा समर्थन जनाएको छ । चीनले विश्वलाई समृद्ध बनाउन ल्याएको यो नीति धरै राम्रो नीति हो यसमा सबैले साथ दिन आवश्यक छ ।

“एक बेल्ट र एक रोड’’ सहभागी देशहरू र क्षेत्रहरू :

सुरु बिन्दु मुख्यभूमि चीन

एशिया : 30

हङकङ विशेष प्रशासनिक क्षेत्र,मकाओ विशेष प्रशासनिक क्षेत्र, फिलिपिन्स,भियतनाम,कम्बोडिया,थाई,मलेशिया,सिंगापुर,ब्रुनाई,इण्डोनेशिया,बर्मा, बङ्गलादेश, नेपाल
पाकिस्तान , उत्तर कोरिया, श्रीलंका,मालदिभ्स,मङ्गोलिया ,कजाकिस्तान,किर्गिस्तान,ताजिकिस्तान ,उजबेकिस्तान, ईरान,कुवैत,बहराइन ,संयुक्त अरब इमिरेट,ओमान ,सउदी अरब,कतार, इजरायल, अफ्रिका, केन्या,जिबूती ,सुल्तान,मिश्र,इथियोपिया ।

युरोप : 20

रूस,जर्जिया ,आर्मेनिया, अजरबैजान ,साइप्रस,टर्की ,ग्रीस, इटाली,बेलारूस , स्विट्जरल्याण्ड ,अस्ट्रिया,हंगेरी,स्पेनिश,सर्बिया,रोमानिया,पोल्याण्ड,मोल्दोवा मोल्दोवा,जर्मनी,टुनिशिया ।