फलाम खानी विष्फोट हुँदा ११ श्रमिकको मृत्यु

चीन, जेठ २२ । चीनको उत्तरपूर्वी प्रान्त लियाओनिङमा अबस्थित  एउटा फलाम खानी विष्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी श्रमिक खानीभित्र फसेको अनुमान गरिएको छ ।

राज्य सञ्चालित चिनियाँ टेलिभिजन सिसीटीभीका अनुसार खानी सञ्चालनमा रहेका समय भएको उक्त दुर्घटनामा ठूलो मानवीय क्षति भएको छ ।

मृत्यु हुनेमा अधिकांश खानीमा नियमित काम गर्ने श्रमिक नै परेको जनाइएको छ ।

फसेका श्रमिकको उद्धारका लागि सुरक्षाकर्मी घटनास्थल पुगेको जानकारी गराइएको  छ ।
(एफपी )