राजविराज, जेठ २३ । शहीद परिवारलाई आयआर्जनका लागि उन्नत जातका गाई र भैँसी दिइने प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले घोषणा गरेका छन् ।
मंगलबार राजविराजमा सञ्चालित एकदिने पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविरको उद्घाटन गर्दै मन्त्री साहले यस्तो घोषणा गरेका हुन् ।
आगामी आर्थिक वर्षमा प्रत्येक शहीद परिवारलाई एक/एक वटा उन्नत जातका गाई र भैँसी निःशुल्क उपलब्ध गराउने घोषणा उनले गरे ।
प्रदेश नं २ का मधेश आन्दोलनका क्रममा शहीद भएकाहरुका आमा, बुबा, छोरा, छोरी र श्रीमतीलाई समेट्ने गरी यसअघि नै प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले शहीदका परिवारलाई रोजगारी दिने निर्णय गरिसकेका छन् ।
राहत प्रदान गर्ने नीतिअनुसार उन्नत जातका गाई र भैँसी प्रदान गरिने उनले बताए।
0
Shares