ताप्लेजुङ, असार ९ । मेची अञ्चलका पत्रकारहरुको उपचारका लागि झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले पत्रकारको उपचार शुल्कमा २५ प्रतिशतसम्म छुट दिने भएको छ ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अस्पतालका कर्मचारीसरह यहाँका पत्रकारहरुलाई ओपिडीबाहेक अन्य उपचार खर्चमा साउन १ गतेबाट लागु हुने गरी उक्त छुटको व्यवस्था गरेको बताए । पत्रकार महासंघको सदस्यता लिई क्रियाशील रहेका पत्रकारलाई मात्र यो सुविधा प्रदान हुने उनले बताए ।
0
Shares