माइकल ज्याक्सनको अर्को रुप भेटिए

काठमाडौं, जेष्ठ २३ । धेरै मानिसहरुको भीडमा आफुलाई अलग पहिचान मिलोस् र त्यो पहिचान राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा नै तुलना होस् भन्ने मनशाय हर कोहीमा हुन्छ । यस्तै सौख अनि रुचाइ भएका एक व्यक्ति जसको नाम हो लक्षम श्रेष्ठ । उनी एक गायक पनि हुन्् ।

उनको आफ्नो यूटुब च्यानल छ जसमा उनले आफैले गाएका गीतहरुमा बढीभन्दा बढी कमेन्ट र भ्यूज छन् । उनलाई झलक्क हेर्दा नेपाली माइकल ज्याक्सन भन्दा पनि फरक नपर्ला । नेपाली साङ्गीतिक क्षेत्रमा एक फरक पहिचान र फरक लुक्सका कारण युवापुस्ता माझ बढी लोकप्रिय हुँदै छन् । श्रेष्ठले जति मिठो गरी गित गाउँछन् त्यति नै उनको फरक रुप, फरक अन्दाज छ ।

हेर्दा माइकल ज्याक्सनजस्तो देखिने उनको रुपमा कानमा धेरै कुण्डलहरु, ओठमा टप जिब्रोमा टप, जिउभरि ट्याटु लगायतका लुक्सहरु आफ्ना शरीरमा भरेका छन् ।

गीत गाउँदा उनको स्वरमा मिठास भएता पनि युटुबका फ्यानहरुले नाक छेडेका कारण आवाजमा नाकेपन आएको पनि भन्ने गर्छन् तर यस कुरामा उनी भन्छन्, के गर्नु यो मेरो सौख हो ।

उनको सौखकै कारणले गर्दा पूलिसले उनलाई धेरै पटक समातेछन् तर जेलमा भने राख्न सकेनन् । लक्ष्मण भन्छन्, लुक्स कस्तो छ भनेर उसको चरित्रमा नजाऔं किनभने जस्तोसुकै लुक्स भएता पनि चरित्र चाही नराम्रो हुँदैन । ‘स्कुलको यादले…, बाटो हिड्दा कतिले सोध्थ्यो मलाई’ लगायतका गीतहरु निकै चर्चामा छ । उनलले जीवनमा धेरै भन्दा धेरै सफलता पाउन् शुभकामना !