प्रत्येक तीन/तीन बर्षमा हुने बचत तथा ऋण सहकारी संस्थाको केन्द्रिय संघ (नेफुस्कून)को तेस्रो शिखर गोष्ठी आजदेखि काठमाडौंमा शुरु भएको छ ।
उक्त सम्मेलनमा नेपालभरका पाँच हजार सहकारी संस्थाका अध्यक्ष वा संचालकले सहभागीता जनाएका छन् । सभामा बोल्दै कानून मन्त्री शेरबहादुर तामाङ्गले सहकारीमा अधुरा रहेका कानूनहरुलाई पुरा गरी सशक्त रुपमा सहकारीको विकास गरि अघि बढ्नुपर्नेमा जोड दिए ।
मन्त्री इश्वर पोखरेलले दुई दिने सम्मेलन पूर्णतया सफल होस् भन्ने शुभकामना दिँदै यति ठूलो साकोसको महाकुम्भ पहिलो पटक भएकोमा खुशी व्यक्त गरे ।
परितोष पौडेलले साकोस अभियानको उपलब्धी एकरुपता प्रणाली र कार्यदिशा विषयक प्रोजेक्टरबाट प्रस्तुत गर्दै सहकारीका इतिहासहरु र वर्तमान प्रणालीको समिक्षा गरे ।
सहकारीमा पल्र्स प्रणालीबाट सहकारीको मुल्यांकन गरिन्छ । सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले सहकारीमा भएका विकृतिहरु र केही भाग्ने सहकारीहरुलाई पनि कारबाहीको दायरामा ल्याउने बताए ।
काठमाडौं र ललितपुरमा गरी ८० वटा सहकारी बेपत्ता भएका छन् । यो कार्यक्रम भोलिसम्म चल्ने बताइएको छ ।