नयाँ दिल्ली, भारत, जेठ २४ । भारतका प्र.म.नरेन्द्र मोदी आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन् ।
केही हप्ता अगाडी चीनको भ्रमण गरेका मोदी छोटो समयमै पुनः चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई भेट्ने छन् ।
त्यतिवेला उनीहरुबीचमा भएको भेटवार्ताका क्रममा सिमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो ।
विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघाइ कोअप्रेसन अर्गनाईजेसनको अवसरमा हुने भएको हो ।
उनीहरुले दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले बिहीबार जानकारी गराएको छ । व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् ।
0
Shares