क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोजमूलक समाचार लेखन तथा सम्पादन प्रशिक्षण

काँकडभिट्टा, जेठ २७ । नारी सञ्चार गृह झापाले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन प्रशिक्षण संचालन गरेको छ ।

चारआलीमा शनिबारबाट थालिएको उक्त तालीममा महिला पत्रकारसहित ४० जना सहभागि भएका छन् । सो तालिमको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले उद्घाटन गरेकि थिइन् ।

उक्त प्रशिक्षणमा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले प्रशिक्षण दिएका छन् ।