काठमाडौं, जेठ २८ । गुन्डा नाइकेलाई ललितपुरमा प्रहरीले गोली प्रहार गरेको छ ।
विभिन्न अपराधमा पक्राउ परिसकेका अशोक लामालाई प्रहरीले गोली हानेको हो । पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएका उनलाई ललितपुरको युएन पार्क नजिकै पक्राउ गर्न खोज्ने क्रममा भागेपछि उनलाई गोली हानिएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जनाएका छन् ।
लामाको खुट्टामा गोली लागेको छ । लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्क्याउँदै आएका थिए ।
उनीसँगै रहेका २ जना भने भागेको एसएसपी सिंहले बताएका छन् ।
0
Shares