नयाँदिल्ली, जेठ २९ । भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको छ । उक्त भूकम्प ५.१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन् ।
स्थानीय समयाअनुसार बिहान १०ः३० बजे भूकम्प गएको यस भूकम्पबाट प्रान्तीय राजधानी शहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित रहेको थियो ।
तर आसाम राज्यभर नै यस भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ । यस भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।
0
Shares