मुलुकमा दण्डहीनता वृद्धि हुँदै गएको : कोइराला

विराटनगर, जेठ ३० । पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले माग राखेका छन् ।

आज कोइराला निवासमा पत्रकारसँगको भेटघाटमा उनले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने बताएका हुन् । नेता डा कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

उनले सरकारविरुद्ध आन्दोलन गर्ने बेला नआएको स्पष्ट पार्दै तर मुलुकमा दण्डहीनता बढेको उनको भनाइ छ ।

प्रादेशिक संरचना भएका मुलुकका प्रधानमन्त्रीले कहीँ पनि प्रदेशको संसद्लाई सम्बोधन नगर्ने गरिएको भन्दै नेता डा कोइरालाले प्रधानमन्त्रीले प्रदेशको संसद्लाई सम्बोधन गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् ।

उनले सातै प्रदेशका लागि संघीय सरकारले कूल बजेटको नौ प्रतिशत मात्र छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने विचार व्यक्त गरे ।

उनले पत्रकारले राखेको जिज्ञासामा कार्यकारी राष्ट्रपति राखेमा मुलुक अधिनायकवाद तथा निरंकुशता रसर्वसतावादतर्फ अग्रसर हुने सम्भावना रहेको प्रस्ट पारे ।