काठमाडौँ, जेठ ३० । ५० हजार लिटर घरेलु मदिरा महानगरीय प्रहरी परिसर काठमाडौँले नष्ट गरेको छ । परिसरले काठमाडौँका विभिन्न वृत्त तथा प्रभागबाट संकलन गरेको उक्त मदिरा आज नष्ट गरेको हो ।
काठमाडौँलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने उदेश्यले चालिएको कारबाहीमा महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले उक्त मदिरा बरामद भएको जानकारी गराए । उनले भने, काठमाडौँका विभिन्न स्थानबाट एक हप्तामा संकलन गरिएको मदिरा आज नष्ट गरेका हौँ । घरेलु मदिरा सेवनबाट अधिकांश आपराधिक क्रियाकलापहरु हुने भएपछि उक्त अपराधलाई न्यूनीकरण गर्न विशेष कदम चालेका छौँ । ”
धेरैजसो व्यक्तिहश्र घरेलु मदिरा सेवनका कारण आपराधिक क्रियाकलाप बढ्ने, शान्तिसुरक्षा एवम् अमनचयनमा खलल पुर्याउने, अशान्ति पैदा हुने, हिंसाका घटना बढ्ने भएकाले अवैध घरेलु मदिरा बरामद गरिएको परिसरले बताएको छ ।
0
Shares