नेपाल महिला संघ केन्द्रिय समितीको आयोजनामा मंगलवार नवौँ शैलजा आचार्य स्मृति दिवस नेपाली कांग्रेसका बिभिन्न नेताहरुको आतिथ्यतामा दिपप्रज्वलन गरि सम्पन्न गर्यो ।
नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले शैलजा आचार्य हाम्रोबीच नरहेको नबौं बर्ष बितिसके पनि आचार्यप्रतिको स्मरण अझै ताजै भएको कुरा बताएका छन् । डा महतले शैलजा आचार्य दिदीअदम्य साहसकी प्रतिमूर्ति भएको जिकिर गर्दै २०३३ सालमा मन्डलेहरुले बेला बखतमा उहाँको अस्मितामाथि धावा बोल्दै अनेकौं गालि बेइज्जत गर्दा पनि नडराई प्रजातन्त्रको लागि सदैव लडिरहेको स्मरण गरे ।
शैलजा आचार्य विद्रोही स्वभावको व्यक्ति भएका कारण वि.सं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुपरेको तथा उनको विद्रोही स्वभाव जीवनको अन्तिम कालखण्डसम्म कायम रहिरहेको प्रस्ट पारे । २०३३ सालको आन्दोलन देखी २०४६ सालसम्म आचार्यको सक्रिय सहभागीता रहेको जानकारी गराए ।
डा महतले २०४६ सालपछि आचार्य जलस्रोत मन्त्री भएपछि सरकारी विद्युतले मात्र पुग्दैन भनेर नीजि हाइड्रोपावरहरुलाई पनि लाइसेन्सको व्यवस्था गरेर उल्लेखनिय कार्यको शुरुवात उनले नै गरेकी हुन् । शैलेजा आचार्य महिला नेत्रृ मात्र नभएर समग्र देशकै नेता भएकाले जसरी वि.पी.,गणेश मान, शुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला को फोटो राखिन्छ यसै पंक्तिमा शैलजा दिदीको फोटो पनि राखिनु पर्ने कुरामा जोड दिए ।
आचार्यको पार्टीप्रतिको योगदान अन्य नेताको भन्दा फरक नभएकाले उनलाई पार्टीले उच्च सम्मान गर्नुपर्ने धारणा डा. महतले राखे ।
शैलेजा आचार्य स्मृति दिवशमा आयोजित दिप प्रज्वलन कार्यक्रममा बिभिन्न बक्ताहरुले आफ्नो आफ्नो धारणा राख्दै आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।