काठमाडौं, जेठ ३१ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर क्याम्पस द्वारा प्रधानमन्त्री के पि ओलिको पुत्ला दहन गरेका छन् ।
पेट्रोलियम पदार्थ, ईन्टरनेट लगायतको क्षेत्रमा गरेको मुल्य वृद्धिको बिरोधमा कहिले र्याली कहिले मसाल जुलुस त कहिले कोणसभा जस्ता सरकार बिरोधि कार्य गर्दा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आक्रोशित भएको ने बि संघ सरकार लाई घुडा टेकायरै छाड्ने चेतावनी समेत दिएको छ।
यहि क्रममा केन्द्रीय कार्यासमितीको निर्देशमा ने बि संघ ग्रामीण एन. आर. क्याम्पसले संयुक्त रुपमा प्रधानमन्त्रीले के पि ओलिको पुत्ला दहन गर्यो । ठुलो प्रहरीको घेराको बिचमा रहेरै भयपनी पुत्ला दहन सफल गरेरै छाड्यौ । ने बि संघ ग्रामीणका विद्यार्थी नेता राजेन्द्र फुयालले बताए ।
उक्त कार्यक्रममा नेबि संघ एन. आर. का नेता परोपकार अधिकारि, शुसान्त सिटौला तथा ग्रामीण ने बि संघका विद्यार्थी नेता हरु सन्तोष अधिकारी, सुबास अधिकारी राजेन्द्र फुयाल बिक्रम अधिकारी लगायतको अन्य नेता तथा कार्याकर्ताको सहभागिता रहेकोे थियो ।
जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएपछि नेविसंघ सरकार विरुद्ध आन्दोलित हुँदै आएको छ ।
मूल्य वृद्धि फिर्ता नभए अझै शसक्त आन्दोलन गर्ने नेपाल विद्यार्थी संघका नेता परोपकार अधिकारी शलिकराम अधिकरी सन्जीव अधिकारीले बताएका छन् ।
सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजनको नाममा एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै नेपाल विद्यार्थी संघ ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर क्याम्पस त्यसको बिरोधमा उत्रिएको हो ।