राजधानीको मुटुमै जल्यो प्रधानमन्त्री ओलिको पुत्ला

काठमाडौ, जेठ ३१ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा  आज राजधानीको मुटु प्रदशनिमार्ग स्थित बिश्व भासा क्याम्पस अगाडी प्रधानमन्त्री केपी ओलिको पुत्ला दहन गरेको छ ।

जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएपछि नेविसंघ सरकार विरुद्ध आन्दोलित हुँदै आएको छ ।

सरकारले मूल्य समायोजनको नाममा अन्तर्राष्ट्रिय बजारमा मुल्री घटदा नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ।

जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम अन्तर्गत आज राजधानीका विभिन्न क्याम्पस अगाडी पुतला दहन गरिएको हो ।

नेविसंघका सह महामन्त्री प्रेमराज जोशिले दिएको जानकारी अनुसार प्रहरी हस्तक्षपका बाबजुद कार्यक्रम सफल भएको छ ।

यस्तै चाबहिल, नेपालटार, भृकुटीमण्डप लैनचौर घणटघर ताहाचल पुल्चोक कलन्की बागबजार लगायत देश भर पुतला दहन गरिएको संघका केन्द्रिय सदस्य तारक केसीले जानकारी दिए ।

नेविसंघले घोषित कार्यक्रम अन्तर्गत ३१गते देश भर प्रधानमन्त्रीको पुतला दहन गर्ने कार्यक्रम रहेको र असार ३ गते सबै क्याम्पस अगाडी चक्काजाम गरिने पनि केसीले बताए ।