अस्ट्रेलियामा राजदुत लक्की शेर्पाको एक बर्ष
अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पाले आफ्नो कार्यकालको एक बर्षको समीक्षा गर्दै दुइ देश बिचको आपसी सम्वन्ध प्रगाढ बनाउनुका साथै नेपाली समाजको उत्थान र पहिचानका लागि विविध कार्यक्रम आयोजना गरिएको जानकारी दिएकी छिन ।
आफ्नो कार्यकालको एक बर्षे उपलब्धीका साथै सुझाब र सल्लाहका लागि आयोजना गरिएको कार्यक्रममा राजदुत शेर्पाले नेपाली दुतावासले आफनै जग्गा खरीद गर्न सफल भएको र यसै कार्यकालमा भवन बनाउनका लागि पहल थाल्ने बताइन । शेर्पाले नेपाल र नेपालीको हितको प्रर्वधनमा दुतावासले यहाका बिभिन्न समुदाय र अस्ट्रेलियन सरकारसँंग मिलेर विविध कार्यक्रम सम्पन्न गरेको फेरीहस्त समेत प्रस्तुत गरिन । कावरा काउन्सिलले आयोजना गरेको कावरा महोत्सव, महिला दिवस , एभरेष्ट डे जस्ता कार्यक्रमहरुले मुलुकको पर्यटन प्रवर्धनमा महत्वपुर्ण भुमिका खेलेका शेर्पाको ठम्माइ छ ।
अस्ट्रेलियामा नेपाली बिध्यार्थीहरुको संख्या बढ्दै जाँंदा समस्याहरु पनि बढ्दै गएकोमा राजदुतावासले यसका साझेदार संस्थासँंग छलफल चलाइ न्युसाउथवेल्सका महाबाणिज्यदुत दिपक खड्काको संयोजकत्वमा एउटा समिती बनाएको जानकारी दिइन । त्यती मात्र होइन तिस हजार भन्दा बढि बिध्यार्थी रहेको अस्ट्रेलियामा मानसिक तथा काम, कोठाको समस्यामा सहयोग गर्न र कुलतको शिकारवाट बचाउन नेपाल सरकारसँंग पनि बिध्यार्थी तथा अभिभावकलाई बिशेष परामर्शको ब्यवस्था गर्न राजदुतवासले आग्रह गर्ने समेत राजदुत शेर्पाले बताइन ।
नेपाली बिध्यार्थीहरुमा नक्कली बिवाह र डिभोर्सको समस्याका बिषयमा उठाइएको प्रश्नमा राजदुत शेर्पाले राजदुतावासमा थुप्रै सम्वन्ध बिच्छेदका मुद्दाहरु आउने गरेपनि आफुले त्यसलाई नजिकवाट नियालेर गलत कार्य नगर्न सल्लाह र सुझाब दिदै आएको बताइन । उनले बिवाह र सम्वन्द्ध बिच्छेद जस्तो बिषयमा स्वंय बिध्यार्थीहरु र अभिभावक गम्भीर हुनुपर्ने र गलत सल्लाहमा परेर त्यसो नगर्न आग्रह समेत गरीन ।
कार्यक्रमहरुसँंगै दुइ देश बिचको कुटनितीक सम्वन्ध बिस्तारमा राजदुतावासले नेपाल अस्ट्रेदिलया संसदीय समुह गठन गरेको र परराष्ट्र मन्त्री जुलि बिशपसँंग बिेशष भेट गरी अस्ट्रेलियन सरकारको मन्त्रीस्तरिय भ्रमणका लागि आफुले पहल समेत गरिरहेको राजदुत शेर्पाले जानकारी गराइन । उनले त्यस बाहेकपनि कुटनितीक र दुइ देशको ब्यापार घाटा कम गर्न नया उपाय अबलम्बन गर्न यही जुन ३० तारिखमा मेलवर्नमा नेपाल अस्ट्रेलिया बिजनेश फोरमको आयोजना समेत गरिन लागेको बताइन ।
राजधानी क्यानबेरास्थीत दुतावासको भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजदुत शेर्पाले आफना केहि महत्वपुर्ण योजनाहरुमा भवन निमार्ण , बिध्यार्थी कल्याणकारी निती तथा नेपालीहरुको शिप र ज्ञानलाई मुलुकको अभिबृद्धीमा लगाउने रहेको समेत बताइन । कार्यक्रममा राजदुतावासकी उप नियोग प्रमुख द्रुपदा सापकोटाले कार्यक्रममा स्वागत गर्दै सन्चाकर्मी झाब र सल्लाह नियोगका लागिम हत्वपुर्ण रहने बताइन ।
अवैघ हुन्डी रोक्न पहल गर्छु ।
नेपालमा अवैघ मानिएको हुण्डी अस्ट्रेलियामा खुलेआम चलिरहेको बिषयमा सोधीएको प्रश्नमा राजदुत शेर्पाले अवैघ रुपमा चलिरहेको हुण्डीलाई रोक्न आफुले सम्वन्धित निकायमा छलफल चलाएको समेत बताइन । शेर्पाले राज्यको उपयुक्त निकायवाट यहावाट जाने पैसा जावस भन्ने हेतुले अर्थ मन्त्रालयसँंग समेत समन्वय गरीरहेको समेत सुनाइन । अस्ट्रेलियाका फेसबुकहरुमा समेत खेलुआम आजको रेट यति र भोलीको उती भन्ने खुलेआम प्रचार भैरहेको अवस्थामा राज्यको निकायले यसलाई कुन रुपमा हेरीरहेको छ भन्ने प्रश्नमा राजदुत शेर्पाले स्पष्ट शब्दमा भनिन, हुण्डी नेपालमा अवैघ हो यसलाई बन्द गर्नु पर्छ । यसका लागि अस्ट्रेलियन सरकारको निकायसंग पनि छलफल चलाउने छु ।
स्मरण रहोस यतिखेर हुण्डीको माध्यमवाट नेपालवाट करौडौ कालो धन अवैघ माध्यमवाट अस्ट्रेलिया समेत भित्रिरहेको छ ।