राजु थापा, ब्राम्पटन ।
क्यानडामा बस्ने नेपालीहरुको सबैभन्दा पुरानो संथा “नेप्लीज कम्युनिटि नेटवर्क अफ क्यानडा” (एनसीएनसी) ले नेपाली भाषा, संकृतिलाई सम्वर्दन गरि नेपाली समूदायको बिकास र बिस्तारमा ठुलो भूमिका खेल्दै आईरहेको छ । एनसीएनसीले बिभिन्न चेतनामुलक कार्यक्रमहरुको अलावा नेपालीहरुको मुख्य चाडबाडहरुमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरि नेपाली समूदायका सदस्यहरु बिच भेटघाट लगायत अन्तरकृया गर्ने अवसर दिदै आएको छ ।
यसैक्रममा एनसी एनसीले सन् २०१३ देखि क्यानडा सरकारको सहयोगमा क्यानडामा बस्ने बाल बालिकाहरुको लागि नेपाली भाषा कक्षाको पठन पाठन संचालन गर्दै आईरहेको छ । क्यानडा सरकारले अन्तराष्ट्यि जुनसुकै भाषालाई निरन्तरता दिन चाहने समूदायको लागि सबैकिसिमको सहयोग उपलब्ध गराउने गरेको छ । जसका लागि सरकारले तोकेको मापदण्ड पुरा गर्ने समूदायकालागि स्कूल कक्षा देखि शिक्षको तलब भत्ता समेत उपलब्ध गराउछ । भाषा कक्षा संचालन गर्नका लागि कम्तिमा २० जना बिध्यार्थी हुनु पर्ने र शिक्षक छनौट नेपाली समूदाय भित्रका योग्य ब्यक्तिले अनलाईन आवेदन गरि अन्तरबार्ता मार्फत हुने र क्रिमिनल रेकर्ड पास भएमा मात्र छनौट गरिन्छ ।
एनसी एनसीका पूर्व अध्यक्ष बालचन्द्र श्रेष्ठको कार्यकाल बाट नेपाली भाषा कक्षा संचालनमा आएको थियो भने त्यसको निरन्तरता एनसी एनसीका पूर्व अध्यक्ष गोपिकृष्ण काफ्ले र बर्तमान अध्यक्ष डिआर खनालले गराएका छन् । हरेक हप्ताको शनिवार बिहान १० बजे देखि १२.३० बजे सम्म संचालन हुने नेपाली भाषा कक्षामा नेपाली पाठ्य सामाग्रीहरुको प्रयोग बाट पठन पाठन भैरहेको भाषा कक्षा संचालक संयोजक दिनेश खतिवडाले जानकारी गराएका छन् । यस बर्षको कक्षा गत साता समाप्त भएको र अर्को सेसन आउदों सेप्टेम्बर बाट संचालन हुने हुदां त्यसमा आफ्ना बाल बालिकाहरुलाई समयमै भर्ना गरि नेपाली भाषाको संरक्षणमा टेवा पुर्याउन सबै समूदायका सदस्यहरुमा एनसी एनसीले जानकारी गराएको छ ।
नेपाली भाषा कक्षा पठन पाठनको सुरुवाति डा. नारायण रेग्मीको संयोजकत्वमा र शिक्षकका रुपमा डा. किस्मत भण्डारीले सफलतापूर्वक सम्पन्न गरेका थिए भने हाल दिनेश खतिवडाको संयोजकत्वमा टिका पौडेलले पठन पाठन गराईरहेका छन् ।