- काठमाडौं, असार ४ । नेपाली काँग्रेसले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनप्रति दुख्ख व्यक्त गर्दै शोक व्यक्त गरेको छ । उनको निधनले काँग्रेस पार्टी परिवारलाई अत्यन्तै दुःखित तुल्याएको कांग्रेसले जानकारी गराइएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी हजारौँको जीवन बचाउन सफल डा देवकोटाको असामयिक निधनबाट राष्ट्रका लागि ठूलो क्षति पुगेको बताएका छन् ।
काँग्रेसले डा देवकोटाको निधनबाट चिकित्सा जगतमा दक्षिण एशियाकै लागि अपुरणीय क्षति पुगेको छ, विज्ञप्तिमा भनिएको छ। दुर्गम गाउँमा जन्मिएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा देवकोटाले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहिरहने नेपाली कांग्रेसले विज्ञप्तिमा उल्लेख गरेको छ ।
आज हेटौँडामा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले डा देवकोटाको निधनप्रति एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
0
Shares