नेपाली काँग्रेस प्रदेश सभाको बैठक खुलाउन सहमत

बुटवल, असार ५ । नेपाली काँग्रेस प्रदेश नं. ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन सहमत भएको छ ।

बुटवलस्थित प्रदेश नं– ५ का मुख्यमन्त्री निवासमा भएको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने सहमति भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

कानून मन्त्रीले सम्बोधन गरेपछि मुख्यमन्त्रीले सम्बोधन गर्ने जनाउँदै पोके बजेटले बेथिति ल्याउछ भन्न खोजेका हांै विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले भने ।

बजेटमा असहमति जनाउँदै विपक्षी काँग्रेसले बैठक सञ्चालनमा अबरोध पुर्याएको थियो ।