धर्मनिरपेक्षता नेपाली जनतालाई स्वीकार्य छैन : केन्द्रिय सदस्य थापा

  • अशोक सिंह विष्ट

काठमाडौं, असार ५ । नेपाली जनतालाई कृश्चियनको पैसा खाएर रातारात ल्याइएको धर्म निरपेक्षता स्वीकार्य नभएकोले नेपाललाई तत्काल हिन्दुराष्ट्र घोषण गर्नुपर्ने नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य मनिश जङ थापाले बताएका छन् ।

संसारका सारा कृश्चियनहरुका लागि भ्याक्टिकनसिटि एउटा आस्थाको स्थल हुन सक्छ भने संसार भरिका हिन्दु ओमकार परिवारको आस्थाको देश नेपाल किन नहुने भन्दै उनले यो कुरा वुझेर पनि हाम्रो हिन्दुधर्मको पहिचानलाई हामी आफै धरापमा पार्ने कार्य गरिरहेको बताए ।

उनी कम्युनिस्टहरुको धर्म नै कृश्चियन भएको र अहिलेको कम्युनिस्ट सरकारले पनि नेपाललाई पुर्ण रुपमा कृश्चियन बनाउन खोजेको आरोप लगाएका छन् ।

अरु धर्मलाई निषेध गर्नु पर्छ भन्ने भनाइ होइन तर नेपाललाई हिन्दु राष्ट्र बनाएर अरु धर्मको पनि अस्तित्व स्वीकार्न सकिने उनले बताए ।