मुल्यवृद्धि विरुद्धमा नेविसंघद्वारा आज तेस्रो चरणकाे आन्दोलन अन्तर्गत सडक बहस

काठमाडौ, जेठ ३१ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा आज  सडक बहस गरेको छ ।

निर्धारित तेस्रो चरणका कार्यक्रम अन्तर्गत नेविसंघले आज आयल निगम अगाडी सडक बहस गरेको हाे ।

सरकारले मूल्य समायोजनको नाममा अन्तर्राष्ट्रिय बजारमा मुल्य घटदा नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ ।

यस अघि नेविसंघले जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन र असार ३ गते सबै क्याम्पस अगाडी चक्काजाम गर्ने कार्यक्रम गरिसकेको छ । सरकारले मूल्य समायोजनको नाममा अन्तर्राष्ट्रिय बजारमा मुल्य घटदा नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलनमा उत्रिएको हो ।

आज सम्पन्न कार्यक्रममा सह महामन्त्री प्रेमराज जोशिको संचालन उपाध्यक्ष पुस्प कुमारी शाहिले नेविसंघका मागहरुवारे प्रकाश पारेकाे र नेविसंघका माग र जिज्ञासाको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोईतले जवाफ दिएको नेविसंघ केन्द्रिय सदस्य तारक केसीले जानकारी दिएका छन् ।