ललितपुर महानगरपालिकालाईअपाङ्गमैत्री बनाउने काम तिव्र

ललितपुर, असार १० । ललितपुर महानगरपालिकालाई अपाङ्गमैत्री बनाइने भएको छ । शारिरीक समस्या भएका तर फरक क्षमता भएका व्यक्तित्वहरुलाई पनि जनप्रतिनिधिहरुसंग सहज भेटघाट र जनप्रतिनिधिहरुसंग उनीहरुको पहुँचलाई सहज बनाउने उद्देश्यका साथ ललितपुर महानगरपालिकालाई अपाङ्गमैत्री बनाउने काम तिव्र रुपमा अगाडि बढेको जानकारी मेयर चिरीबावु महर्जनले गराएका छन् ।

शनिवार सानेपास्थित वडा नं. २ को वडा कार्यालय उद्घाटनको क्रममा महानगरपालिकाका मेयर महर्जनले यस्तो वताएका हुन् । मेयर, उपमेयरसंग भेट्न सेवाग्राहीलाई सहज होस् र शारिरीक अशक्तता भएका व्यक्तिहरुलाई पनि आफ्ना समस्याहरु मेयर, उपमेयरसम्म पु¥याएर समाधान गर्नका लागि सहज होस् भन्ने उद्देश्यका साथ विद्युतीय भ¥याङ बनाउने कार्य सुरु भैसकेको मेयर महर्जनले वताए ।

आफु जननिर्वाचित भएर आइसकेपछि ललितपुर महानगरवासीहरुका लागि सहज रुपमा सेवा पु¥याउने एक मात्र उद्देश्य रहेकोले आमनागरिकसंग सहज पहुँच बनाउने आफ्नो ध्येय रहेको पनि मेयर चिरीबावुले प्रष्ट पारे । हामी ललितपुर महानगरपालिकाको कार्यालयलाई अपाङ्गमैत्री वनाउँदै छौं वडा नं. २ को वडा कार्यालय उद्घाटनको क्रममा मेयर चिरीबावु महर्जनले भने । तपाईहरु पनि वनाउन लागिएको यो वडा कार्यालय भवनलाई पनि आपाङ्गमैत्री बनाउनु होला, ललितपुर महानगरपालिकाका २९ वटै वडा कार्यालयहरु अपाङ्गमैत्री हुनु आवश्यक छ मेयर महर्जनले भने ।

आफुहरुले निर्वाचनका वेलामा वोलेका कुराहरु र दिएका आश्वासनहरु एकै वर्षमा पूरा नहुने भन्दै बाँकी ४ वषभित्र ती सबै कुराहरु र आश्वासनहरु पूरा गरेरै छोड्ने उल्लेख उनले बताए । आफुहरुलाई निर्वाचनका वेलामा मतदाताले राखेको गुनासो सम्झँदै मेयर महर्जनले भने, ‘तपाईहरुले हामीलाई तपाईहरुको क्षेत्रको विकास र समस्याहरु समाधान गर्नका लागि जिताएर पठाउनु भएको हो । त्यो कुरा मैले भुलेको छैन । हामीहरु दत्तचित्त भएर लागेका छौं । एक वर्ष कार्यकाल सकियो भनेजति काम गर्न नसके पनि पासमार्क मात्रै भनेपनि ल्याएका छौं, अव बाँकी समयमा सबै बाचाहरु पूरा गर्न लागि पर्छौं ।’