तामाङ रिक्रेएसन क्लबले आफ्नो क्लबका सहयोगी र खेलाडीहरुको उपस्थीतीमा सिडनीमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । अखिल नेपाल फुटबल संघका निर्वतमान अध्यक्ष नरेन्द्र श्रेष्ठ, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङ , होटल ब्यवशाशी संघका केन्द्रिय सदस्य तथा काठमाडौ फुटबल संघका उपाध्यक्ष युवराज श्रेष्ठ , शसत्र प्रहरीका खेल ब्यवस्थापक तथा प्रनाउ प्रेम श्रेष्ठ र क्लबका संस्थापक अरुण तामाङ लगायतका ब्यक्तीहरुलाई क्लबले सम्मान गरेको हो । नेपाली खेलक्षेत्रमा योगदान पुरयाउने ब्यक्तीत्व र क्लबलाई सहयोग गर्ने खेलाडी तथा पदाधिकारीको सम्मानमा आयोजित कार्यक्रममा प्रवासमा फुटबलको माध्यमवाट मुलुकको पहिचान बढाउने कार्यमा लागिपरेको टीआरसीलाई सबैले बधाइ तथा धन्यबाद प्रदान गरे ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघका निर्वतमान अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदेशमा निजी काममा आउदाँंपनि फुटबलको माध्यमवाट संझीने टीआरसी धन्यबादको पात्र रहेको र यसले परदेशमा पनि नेपाली फुटबलको मान र शान बढाउदै गएकोमा खुसी ब्यक्त गरे । श्रेष्ठले नेपालको फुटबलमा परिवर्तन ल्याउन पुर्वाधार र बिकासको आवश्यकता रहेको बताउदै एकै दिन र महिना र बर्षमा आमुल परिवर्तन हुन नसक्ने ठोकुवा गरे । नया नेतृत्वलाई जिम्मेबारी सुम्पेर आएपछि आफु फुटबलको सिपाही भएकोले दिएको र पाएको जिम्मेबारीवाट पछि नहट्ने श्रेष्ठले बताए ।
अर्का सम्मानित ब्यक्तीत्व युवराज श्रेष्ठले बिदेशमा बसेर पनि समय निकालेर फुटबलमा लाग्नु आफैमा महत्वपुर्ण भएको जिकिर गर्दै क्लबको सफलताको कामना गरे । अतिथीका रुपमा रहेका प्रेम श्रेष्ठले बिदेशमा आएर खेलकुदको माध्यमवाट कसैले संझना गरेकोमा आफु निकै हर्ष बिभोर भएको बताए । उनले यस्तो सम्मानले भबिष्यमा खेलकुदमा अझ थप केहि गर्न प्रेरणा मिल्ने सुनाए ।
एनआरएनका उपाध्यक्ष नन्द गुरुङले खेलकुद महत्वपुर्ण बिधा भएकोले यसले मुलुक चिनाउनुका साथै प्रवासमा आपसी भाइचारा र सम्वन्ध बिस्तार गर्ने हुनाले टीआरसी धन्यबादको पात्र रहेको बताए । क्लबका संस्थापक अरुण तामाङले नेपालमा खेलकुद राज्यको आखाँंमा पर्न नसक्नु दुर्भाग्यको बिषय रहेको बताउदै नेपाली राष्ट्रिय फुटबल टोलीलाई अस्ट्रेलिया ल्याएर यहाँंका क्लबहरुसँंग मैत्रिपुर्ण फुटबल खेलाउने योजना बनाउन आग्रह गरे । तामाङले त्यसका लागि आफुहरु पनि लागि पर्ने र यसले नेपाली फुटबलको बिकासमा टेवा पुग्ने बताए ।
क्लबका अध्यक्ष अनिल तामाङले क्लबले आफ्नो स्थापना देखिनै फुटबलको बिकास र बिस्तारसँंगै सामाजिक कार्यमा समेत आफुलाई सर्मपीत गर्दै आएको बताए । कार्यक्रमा एन्फाका पुर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ र युवराज श्रेष्ठलाई क्लबले मानार्थ सल्लाहकारमा राख्ने निर्णइ पनि सुनाएको थियो । क्लबका खेलाडीलाई सम्मानित ब्यक्तीत्व युवराज श्रेष्ठले नया जर्सी समेत प्रदान गरेका थिए ।