हिन्दु धर्म रक्षाका लागि सबैलाई एकजुट हुन नेविसंघका केन्द्रिय सदस्य मनिषजंग थापाको आह्वान

हिन्दु धर्म रहे मात्र नेपालीको अस्तित्व रहने भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रिय सदस्य मनिषजंग थापाले हिन्दु धर्मको रक्षाका लागि एकजुट हुन सबैलाई आह्वान गरेका छन् । संसारका धेरै सभ्यता लापरबाहीकै कारण लोप भएर गएको उदाहरण प्रशस्तै रहेको भन्दै उनले हिन्दु धर्मको रक्षाका लागि पनि समयमै खबरदारी गर्न आवश्यक रहेको बताएका छन्  ।

हिन्दु धर्मको रक्षा गर्न सके संसारबाट हराएको शान्ति समेत फर्कने उनले बताए । स्वार्थका कारण चुप लाग्दा भविष्यमा ठुलो समस्या सृजना हुन सक्ने तर्फ पनि उनले सबैलाई सचेत गराएका छन् । विद्यार्थी राजनीतिमा हिन्दु राष्ट्रको मागलाई जोडदारका साथ उठान गर्दै आएका नेता थापाले विश्वमा ११ अर्व हिन्दु धर्मावलम्बी रहेपनि अहिले घटेर झन्डै २१ करोडमा सिमिति बनेको प्रति पनि उनले चिन्ता व्यक्त गरे ।मन्दिरमा पिसाव फेर्ने, धर्म्निरपेक्षा घोषणा गर्ने, गाई काट्ने र राष्ट्रिय जवनारबाट हटाउनुपर्ने माग गर्दा, हिन्दु देवि देवताको मन्दिर भत्काउदा समेत हिन्दु नजागेको भन्दै उनले अव सचेत हुनुपर्ने बेला आएको बताएका छन् ।

विश्वमा ११ अर्व हिन्दु अहिले घटेर झन्डै २१ करोडमा सिमित हुदाँ पनि मनलाग्दी गर्न दिनु सबैका लागि लज्जास्पद विषय भएको उनले जानकारी गराए । साथै उनले कलियुगमा यस्तै हुन्छ भनेर बस्दा भविषयमा ठुलो समस्या निम्तने भन्दै सबैलाई एकजुट हुन आग्रह पनि गरे ।नेपाली कांग्रेस भित्र स्वर्गिय खुमबहादुर खड्काले जस्तै विद्यार्थी नेता थापा नेपाल विद्याथी संघ भित्र पनि हिन्दु राष्ट्रको आवाज जोडतोडका साथ उठाउदै आएका छन् ।