ललितपुर महानगरपालिकाले भदौ मसान्तभित्र इलेक्ट्रिक बस भित्र्याउने

ललितपुर, असार १० । प्रदुषण कम गर्नका लागि इलेक्ट्रिक बस ल्याउने काम अन्तिम चरणमा पुगेको ललितपुर महानगरपालिकाले बताएको छ । यसका लागि महानगरले चाइनिज कम्पनी बिवाइडी अटो कोअपरेटिभ लिमिटेडसँग सहकार्य गरेको महानगरका प्रमुख चिरिबाबु महर्जनले बताएका छन् ।

महानगरले यही भदौ मसान्तभित्र तीन वटा इलेक्ट्रिक बस भित्र्याउने लक्ष्य राखेको महर्जनले जानकारी गराए । उक्त इलेक्ट्रिक बसमा ४० सिट हुने जानकारी गराइएको छ । ‘प्रदुषण कम गर्नका लागि इलेक्ट्रिक बसले धेरै सहयोग गर्ने महानगरका प्रमुख महर्जनले बताए । त्यसैले हामीले डेमोको रूपमा यो बस प्रयोग गर्नेछौं,’ प्रमुख महर्जनले भने, ‘मलाई जहाँसम्म लाग्छ राम्रै हुन्छ ।

राम्रो नतिजा दियो भने इलेक्ट्रिक बसलाई नै प्राथमिकतामा राखेर काम गर्छौं ।’ महानगरले बस किन्नकै लागि भनेर ३ करोड बजेट छुट्याएको छ । हाल महानगरले साझा यातायातसँग सहकार्य गरी महानगरभित्र बस सञ्चालन गरिहरहेको छ ।