प्र.म.ओलीका कुरा बढी, काम कम : डा.प्रकाशशरण महत

चीनमा प्रधानमन्त्रीको ओलीको कुरा बढी, उपलब्धि कम भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

चीनसँग पनि नेपालको ठूलो व्यापार घाटा रहेको स्पस्ट पार्दै नेता महतले प्रधानमन्त्री ओलीको यो भ्रमणको क्रममा नेपालमा उत्पादित भएका र चीनबाट माग भएका सिमित वस्तुहरू बिना भन्सार चीन निर्यात गर्नेबारे ठोस सहमति हुनु पर्ने बताउँदै ्रधानमन्त्री ओलीले त्यसो गर्न नसकेकोमा गुनासो पोखे । महतले भ्रमणको दौरान विद्युतमा लगानी गर्ने भन्ने कुरा आएको स्मरण गर्दै त्यो लगानी कसरी आउँछ भन्ने प्रश्न समेत गरे ।

कुन शर्तमा चिनियाँ लगानी आउने हो महतले भने, पिपिए कसरी गर्ने भन्नेबारे अहिले पनि स्पष्ट भएको छैन । त्यस्तै ट्रान्समिशन लाइन निर्माणबारे भएको सहमतिप्रति उनले उक्त परियोजना अनुदान, ऋण वा के मा बन्ने हो ? र विद्युत खरिद तथा विक्री सम्झौता कस्तो हुने हो भन्दै प्रश्न समेत गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणमा भएका समझदारीका विषयवस्तुहरू पुरानै रहेको समेत उनले स्पष्ट पारेका छन् ।

नयाँ विषयवस्तुहरू केही पनि छैनन्, कार्यान्वयन अब कसरी हुन्छ र कुन शर्तमा सहयोग आउने हो त्यो हेर्न बाँकी छ, चीनमा प्रधानमन्त्रीको कुरा बढी तर उपलब्धि कम भयो महतले भने । महतले काभ्रेको पाँचखालमा औद्योगिक केन्द्र निर्माण गर्ने भनिएको थियो त्यो निर्माण भए नेपालमा उत्पादित वस्तुहरु निर्यात गर्न सजिलो हुने थियो भन्ने तर्क राखे । तर यस सम्बन्धमा समेत यो भ्रमणमा कुनै ठोस सहमति नभएको उनले प्रष्ट पारे ।

महतले पेट्रोलियम भण्डारणको विषयमा पनि ठोस कुरा नआएको प्रत्रिधानमन्त्रीे ओलीको ध्यान आर्कषण गराएका छन् । कोदारी राजमार्ग खुलाउनुपर्छ भनेर आफूहरूले भन्दै आएको स्मरण गर्दै उनले भने,‘हामीले कोदारी राजमार्ग खुलाउनुपर्छ भनेर भन्दै आएका छौं, समग्रतामा ओलीजीको चीन भ्रमण हुनुभन्दा पहिल्यै नै उहाँले भ्रमणपछि उथुलपुथुल नै हुन्छ भनेर बोल्नुभयो, रेल त पर्सीबाट नै चल्छ जस्तो कुरा भरर भन्नुभयो, तर काम गर्ने कुरा पनि गर्नुपर्यो नि, कुरा त हामीपनि भरर गर्नसक्छौ तर काम गरेर देखाउदा राम्रो हुन्थ्यो ं। अब जनताले प्रधानमन्त्री ओलीको बोलीको बिश्वास नगर्ने कामको मात्र बिश्वास गर्ने महतले स्पष्ट पारे ।