सभापति भेलापछि आराममा काँग्रेस सभापति देउवा

चितवन, असार १० । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् ।

उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उनले भेटघाट गरेका छैनन् । जिल्ला सभापति भेलामा पार्टीभत्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो ।

तनावमा रहेका भनी ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिहेको बताइएको छ । प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहेका हुन् , शनिबार काठमाडौँ फर्किने भनिए पनि उनी भने अझै फर्किएका छैनन् ।