पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा निर्धारित तेस्रो चरणका देसव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत नेविसंघले सातै प्रदेशको राजधानी मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
सरकारले मूल्य समायोजनको नाममा अन्तर्राष्ट्रिय बजारमा मुल्य घटदा नेपालमा बढाउने कार्य गरेको र एकै महिनामा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ।
पहिलो र दोश्रो चरणका कार्यक्रम अन्तर्गत गत जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम सम्पन्न गरेको सङले तेस्रो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारले जनताको ढाड सेक्ने गरि गरेको मुल्य वृद्धि समायोजन नभएर खारेज हुनुपर्ने नेविसंघले बताउदै आएको छ।
सबै प्रदेशमा नेविसंघ केन्द्रिय नेतृत्वको सहभागीतामा कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको केन्द्रिय सदस्य तारक केसीले जानकारी दिए ।
गत जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा मुल्य बढाएपछि नेविसंघ सरकार विरुद्ध आन्दोलित हुँदै आएको छ ।