काठमाडौँ, असार ११ । कार्यकर्तासँगको सहज भेटघाट र नेपाली कांग्रेसका हरेक गतिविधिलाई चुस्त दुरुस्त बनाउनका लागि नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत अब निरन्तर नेपाली कांग्रेस पार्टी कार्यालय सानेपा जाने भएका छन् ।
नेपाली कांग्रेसभित्र देखिएका बिविध समस्या सामधान गर्न, संगठनलाई चलाएमान बनाउन, पार्टीलाई ससक्त र बलियो बनाउनका लागि आफु दिनहुँ पार्टी कार्यालय जान लागेको डा. प्रकाशशरण महतले बताए ।
पार्टीलार्ई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि आफु दिनहुँ पार्टी कार्यालय जाने डा. महतले जानकारी गराए । नेपाली कांग्रेसभित्र देखिएको दरारलाई कमि गर्ने उनको मुख्य उद्देश्य रहेको छ ।
सरकारले गरेका गलत निर्णयहरुलाई नजिकबाट नियाल्न दिनहुँको अफिस आवतजावतले थप सहयोग मिल्ने उनको धारणा छ ।
पछिल्लो समय सरकारले प्रतिपक्ष दल कांग्रेसलाई पेलेर जान खोज्ने दुस्साहस गरेको डा. महतले आरोप समेत लगाए ।