बिकासमा अरुलाई उछिन्दै चम्पादेबी

ओखलढुडंगा को चम्पादेबी गॉउपालिका ले यही असार १०गते गॉउसभा सम्पन्न गरेको छ।
गॉउसभाले आर्थिक बर्ष ७४/७५ को समिक्षा तथा अा ब-७५/७६ को नीति तथा कार्यक्रमपनि प्रस्ताव गरेको छ।

प्रस्तावित निति तथा कार्यक्रम मा बतिस करोड एकासी लाख को बजेट हाम्रो गौरब योजना अन्तर्गत गॉउपालिका स्तरिय चक्रपथ निर्माण,खानेपानी,बिध्यालय निर्माण जस्ता कार्यमा बिनियोजन गरेको छ।सभाले समृद्ध चम्पादेबी बनाउन सबै जनप्रतिनिधि हरुको सुबिधा कटौती गर्नुका साथै चुस्त दुरुस्त प्रशासन क़ायम राख्न सबै ज़िम्मेवार रहनुपर्ने प्रस्ताव सहित गॉउपालिका को प्रबक्तामा अजय लुइटेल लाइ घोषणा गरेको छ ।

असार दस गते प्रस्ताब गरेको गॉउसभा को निति तथा कार्यक्रम २२गते असारसम्म स्थगित गरि असार को २३ देखी २५गते सम्म गॉउसभा सुचारू गरि प्रस्तावित निति तथा कार्यक्रम पारित गर्ने कुरा प्रबक्ता अजय लुइटेल ले बताएका छन।

प्रदेश नं एक का जील्लाहरु मध्य नेपाली कॉंग्रेस ले स्थानिय निर्बाचनमा सबैभन्दा बढी स्थानिय तह बिजय गरेको जील्ला ओखलढुडंगा हो । स्थानिय निर्बाचन मा बहुमत ल्याएकै कारण जील्ला समन्वय समिति पनि नेपाली कॉंग्रेस को नै बनेको छ।

यो बर्ष ओखलढुंगा का पालिका मध्य सबैभन्दा द्रुत गतिमा बिकाश भइरहेको नं एक मा चम्पादेबी गॉउपालिका परेको छ। असार दस गतेको गॉउसभा गर्नु अगाडी मात्र यस गॉउपालिका को दस वाड मध्य नौ वटा वाडमा पालिका प्रमुख नबराज के सी र उप प्रमुख निर्मला रैका को आथित्यता र वडाध्यक्ष हरुको अध्यक्षतामा १४ सय भन्दा बढि जेष्ठ नागरिक र २ सय ३० जना फरक क्षमता भएकाहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

प्रत्येक वडाबाट १ जना महिला र १ जना पुरुष जेष्ठ नागरिकलाई जनहि ५ हजार नगदसहित सम्मान गर्नु का साथै पालिका का ले सवारी साधन ख़रीद गर्ने पैसा समेत बिकाशमा लगाएरको छ।जेस्ठ २५गते वाडनं१० रानिबन मा वडाध्यक्ष उज्जन बुढाथोकी को अध्यक्षताबाट सुरु भएको सो कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको थियो। वाडनं १०मा १४८ जना जेष्ठ नागरिक २०जना फरक क्षमता भएका लाइ अपंगता प्रमाणपत्र बितर ण गर्नुका साथै दुइवटा जेबिधुतिय डिजीटल हाजीरी मेशिन समेत बितरण गरेको थियो ।

वाडनं १० रानीबन का वडा अध्य़क्ष बुढाथोकी सबैभन्दा कान्छा उमेरका उर्जासिल बौदिक युवा हुन,
उनि उमेरले सानो भएपनि बौदिकतामा भने निकै अगाडी रहेको कुरा गॉउपालिका अध्यक्ष नबराज के सी बताउछन।

जेष्ठ २६ गते वाड नं आठ बिलन्दु मा वडा अध्यक्ष युवानेता अजय लुइटेल को अध्यक्षतामा र पालिका प्रमुख नबराज के सी को आथित्यतामा जेष्ठ नागरिक ६०भन्दा माथि २५०जना ७०भन्दा माथि का ६० जना २९जना फरकक्षमता भएका र ७जना महिला स्वयंसेविका लाइ सम्मान तथा प्रमाणपत्र सहित वडाको तर्फबाट जनही ५००बितरण गर्नुका साथै दुइथान डिजीटल मेशिन पनि बितरण गरेको थियो।

वाड नं नौ का वडाध्यक्ष झम्कहरि बराल को अध्यक्षतामा ६०भन्दा माथिका १००जना ७०भन्दा माथिका १००जना जेष्ठ नागरिक फरक क्षमता भएका १८जना स्वयं सेविका ७ जना लाइ सम्मान तथा प्रमाण पत्र बितरण तथा दुइवटा डिजिटल मेशिन हस्तान्तरण गरेको थियो ।

वाड नं सात घोराखरी मा वडाअध्यक्ष बिकाशप्रेमी युवा नेता सुरेश थापा को अध्यक्षता र पालिका प्रमुख नबराज के सी को प्रमुख आथित्यतामा ६०भन्दा माथिका १२० जना ७०भन्दा माथिका १०७ जना जेष्ठ नागरिक फरक क्षमता भएका १३जना स्वयं सेविका ११जना लाइ सम्मान तथा प्रमाण पत्र बितरण तथा दुइवटा डिजिटल मेशिन हस्तान्तरण गरेको थियो।

यसैगरी अन्यवाडहरुमा पनि कार्यक्रम आयोजना गरि नबौ दिनमा कार्यक्रम समापन गरेको थियो ।