झापा असार १५ । किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।
आज धान दिवसको अवसरमा झापाको कमल गाउँपालिकाले केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी भएका मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।
मन्त्री बास्कोटाले भने– किसानलाई सहयोग गर्न राज्य हरपल तयार छ, कृषिजन्य सामग्री उत्पादनका लागि झापा उर्भर भूमि हो, यहाँका किसानलाई कृषि उत्पादनमा बढावा दिन राज्य लगानी गर्न तयार छ ।
कृषि क्रान्तिबिना नेपालको आर्थिक समृद्धि नहुने भन्दै उनले कृषि क्षेत्रमा सहयोगका लागि राज्य जुनसुकै अवस्थामा तयार रहेको प्रस्ट पारे ।
मन्त्री बाँस्कोटाले केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा केहीबेर धानसमेत रोपेका थिए ।
0
Shares