बेसहारा दुई बालबालिकालाई विदेशबाट आर्थिक सहयोग

डोल्पा असार १६ । त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ ल्हाँका बिचल्ली पूर्ण अवस्थामा रहेका दुईजना बेसहारा बालबालिकालाई विदेशबाट आर्थिक सहयोग जुटेको छ ।

बाबुको मृत्यु लगत्तै आमाले अर्को बिहे गरेपछि बिचल्लीमा परी बेसहारा बनेका सात वर्षीया चन्द्रा बिटालु र नौ वर्षीया पार्वती बिटालुको उचित पालन पोषण तथा शिक्षा पाउने अधिकारको सुनिश्चितताका लागि बेलायतमा बस्दै आएकी रीता परियारले नगत रु एक लाख दुई हजार रकम सहयोग गरेकी हुन् ।

मामाघर जाजरकोटमा बिचल्ली पूर्ण अवस्थामा बसेको थाहा पाएपछि उनीहरुको पालन पोषण तथा शिक्षाका लागि आर्थिक सहयोग प्रदान गरेको उनले बताइन् । पार्वती र चन्द्र अहिले चतुरमाला प्राथमिक विद्यालय जाजरकोटमा भर्ना भएर आफ्नु पढाई सुरु गरेका छन् ।