काठमाडौं, असार १७ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र वरिष्ठ पत्रकार कनकमणि दीक्षितले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग गर्दै अनसनमा बेसेकी गंगामाया अधिकारीलाई भेटेका छन् ।
आइतबार अपरान्ह मानवअधिकारवादीको टोलिसहित वीर अस्पताल पुगेका केसीले आईसीयू कक्षमा गंगामालाई भेटेका हुन् ।
गंगामायालाई भेट् चरण प्रसाईं, डा. केदार नरसिंह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले,विद्यार्थी नेताहरू रामप्रसाद अधिकारी ,सुशील भट्ट, निरन्जन थापा लगायत अस्पताल पुगेका थिए ।
उनको छोरा कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।
सर्वोच्च अदालतले २०७२ पुस ६ गते छविराज पौडेललाई पुर्पपक्षको लागि थुनामा राख्नु भन्ने आदेश कार्यान्वयन होस् भन्ने गंगामायाको मुख्य माग हो ।
0
Shares