बर्दीको मर्यादा पुलिस स्वयंले बढाउने हो : डि.एस.पि.प्रदिप क्षेत्री

–अार  पि पाठक

सत्ये सेवा सुरक्षणम् यो नेपाल प्रहरीको संस्थागत नारा हो । अब स्वयं यही नारा प्रति जनताको कत्तिको विश्वास र भरोसा छ त ? यसैबाट शुरुवात गरौं । विकशित देशको सुरक्षा निकाय असाध्यै जनता मैत्री छ र मानव अधिकारको रक्षा र सम्मान समेत हुन्छ भन्नेमा दुईमत छैन । हाम्रो देश नेपालको हकमा पञ्चायतकाल देखीकै अभ्यासलाई हेर्दै अहिले लोकतन्त्रीककाल सम्म आई पुग्दा पुलिस हमेसा सत्तापक्ष र जनता हमेसा विपक्षी जस्तो ब्यवहारमा दरिएको देखिन्छ । एकजना ग्रिक दार्शनिक प्लेटोले भनेका छन् कि सत्ता सधैभरी दमनकारी नै हुन्छ । तर हाम्रो पुर्विय दर्शनले अलग्गै मत राखेको छ “जती जती काल बदलिंदै जान्छ , उति उति मानवको स्वाभाव र प्रकृतिसमेत बदलिंदै जान्छ” भन्ने भनाईले समय सापेक्ष हर क्षेत्रको व्यवहारमा बद्लाव आउनु र परिष्कृत हुनुमा नै बलियो तर्क प्रस्तुत भएका कारणले पनि सबै क्षेत्रमा परिवर्तन स्वाभाविक नै हुन्छ ।

अब आयो हाम्रो प्रहरी प्रशासनमा समेत देखिनु पर्ने परिवर्तनले नै जनतामैत्री भाव प्रकट गर्ने हो । यसका लागी प्रहरी आफैमा भएको क्षमताले आफ्नो बर्दीको मर्यादा उच्च बनाउन सकिन्छ भन्नेमा निष्ठावान् प्रहरी अधिकृत डि.एस.पि. प्रदिप बहादुर क्षेत्री भन्ने गर्दछन् । वि.सं. २०७४ साल भदौ १२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट सरुवा भई काठमाण्डौको कालीमाटीमा इञ्चार्ज भएर हालसम्म कार्यरत प्रहरी सर्व साधारण जनताका प्रिय बन्न सफल भएका छन् । त्यो पनि उनी आफ्नै कार्य क्षमताका कारण । असाध्यै खरो स्वाभावका लाग्ने ति प्रहरी शोसित पिडीत जनताका तर्फबाट भने सामाजिक उद्दारक नै बन्न सफल भएको प्रसंङ्गमा स्थानिय सामाजीक कार्यकर्ता सुदाम ढकाल भन्दछन् कि हामीले धेरै प्रहरी अधिकृतहरुलाई ब्यहोर्यौ तर प्रदिप क्षेत्रीमा अथाह क्षमता र योग्यतालाई जनताको हितका लागी कार्यान्वयन गर्ने आत्म विश्वास भएकै कारण यस क्षेत्रका अपराध न्युनिकरण हुन सकेको हो । अन्यथा कालीमाटी , वाफल , कलंकी , सोल्टीमोड , कुलेश्वर , बल्खु , खसीबजार देखी ईभन नाकढुङ्गा सम्म नै अपराधको न्यूनिकरण भएको छ । यस क्षेत्रका जनता समेत स्वःस्फुर्त थानामा आएर आफ्नो समस्या बताउने र समाधान समेत पाएकामा अत्यन्तै खुशी भएका छन् । यस क्षेत्रलाई विशुद्घ ब्यापारीक क्षेत्रका रुपमा लिइन्छ ।

वैदेशिक रोजगारको रेमिट्यान्सले चलेको अर्थतन्त्रलाई समेत धराशायी तुल्याउन सक्ने श्रम सम्वन्धी कार्यालयसमेत यही क्षेत्रमा पर्दछ । यस कार्यमा दैनिक एक करोड भन्दा बढीको टर्नओभर हुने र सो रकमको लागी बिभिन्न खालका अपराध र गुण्डागर्दी बिगतका दिनहरुमा हुँदै आएकोमा हाल सम्म १७० जना भन्दा बढीलाई बिभिन्न मुद्दामा कारवाही अगाडी बढाउन सकेकै कारण ठुलो मात्रामा अपराध न्यूनिकरण हुन सकेको हो भन्दछन् क्षेत्री । गएको चुनावमा काठमाण्डौको सबै क्षेत्रमा बम पड्कदा समेत आफ्नो क्षेत्रमा सुरक्षीत रहेको समेत कुराकानीका क्रममा बताउन छुटाएनन् । होटल, रेष्टुरेण्ट, गेष्टहाउस आदीमा हुने यौन धन्दा र बेथितीको समेत निराकरण गर्दै आएकाछन् । आई.ई.एल.टि.एस. र स्नातक लेभल टि.यु.को प्रश्नपत्र आउट गर्ने गिरोहलाई नै पक्राउ गरी कारवाही गर्न सफल भएको र सो कार्यमा संलग्न भएकाबाट रु. ६ लाख समेत बरामद गरी प्रहरी परिसर टेकुमा बुझाएको घटनाले पनि उनलाई चर्चाको शिखरमा पुर्याएको हो । नक्कली नेपाली नोट र दिल्ली काठमाण्डौ चल्ने बसमा अवैध रक्त चन्दन र भन्सार नतिरेका ठुलो परिणामका कपडाहरु समेत उनले आफ्नो क्षेत्र पार गरेर समेत बरामद गरेका थिए ।

लागु औषतका रुपमा प्रयोग हुने ट्र«मा लगायत , ४२ सय एम्पल ड्र«ग इन्जेक्शन जडीबुटी सम्म पुगेर पक्रन सफल भएको घटना पनि सुनाए । जुवा तास नियन्त्रण देखी एयरपोर्ट सम्म पुगेर पचास ग्राम सुन समेत बरामद गरेको घटना समेत सुनाएकाछन् । विमापत्रमा ६० हजार भन्दा बढीको आँकडामा गर्ने तर १८ हजार भन्दा नदेखाउने प्राईम इन्स्योरेन्स कम्पनीलाई समेत कारवाहीमा सिफारीस गरेको समेत स्मरण गरेका छन् । रातको चोरी सय प्रतिसत नै रोकिएको र दिनको चोरीमा ६५ प्रतिशत कमी आएको समेत उनले बताए । सिमेन्टका बोरामा कमी गरी बेच्ने र कालाबजारी गर्नेलाई समेत आफुले कारवाही गरेको स्मरण गर्दछन् क्षेत्री । अस्पताल र फार्मेसीहरुले बेच्ने औषधीमा समेत निगरानी राखेका छन् । यातायात र बैकिङ क्षेत्रको विकृतिमासमेत नियन्त्रण आएको छ । उनीमाथी बेला बखत आर्थिक अपचलन गरेको समेत आरोप आउने गर्दछ । यस बारे प्रश्न गर्दा उनी भन्दछन् कि आज सम्मको कार्यस्थलको खटाईमा बारामा रहदा जम्मा दुई महिना मात्र इन्चार्ज भएको मान्छेले कसरी अपचलनमा सहभागी भयो होला ? भन्ने प्रतिप्रश्नका साथमा यी सबै दोषारोपण मात्रै हुन भनी स्वयं सफाई दिन समेत पछि परेनन् ।

यती मात्रै होईन कालीमाटी प्रहरी चौकीमा विगत २०६७ साल देखी खानेपानी संस्थानलाई तिर्न बाँकी बाँकी बक्यौता रकम समेत चुक्ता गरी ब्यारेकमा नयाँ धारा जडान गरेको । तरकारी बजारबाट समेत अलग्गै पानीको धारा जोडेकाले आज भोली चौकीमा पानीको समेत अभाव नरहेको बताउँछन् क्षेत्री । चौकीलाई भौतिक सुबिधा सम्पन्न गराउँदै खानेपानी फिल्टर प्लान्ट समेत जडान गरेका कारण समस्त स्टाफहरु र आगन्तुकहरु समेत खुशी भएको देख्न पाउने अवस्था रहेकोछ । लोकल रक्सी र स्थानिय भट्टीको नियन्त्रणका कारण घर घरमा हुने महिला हिंसा समेतमा कमी आएको कुरा स्थानीय महिलाहरु बताउँछन् । सुरक्षा क्षेत्रमा जादुमय परिवर्तन ल्याउनका लागी प्रहरी स्वयंमा रहेको नैतिक बलले मात्र काम गर्न सक्दछ । यदी प्रहरी नै यी यस्ता विकृतीहरुमा सामेल रहने हो भने न त सुरक्षा दिन सकिन्छ न त शान्ती नै कायम गर्न सकिन्छ । यसका लागी सुरक्षा निकाय नै जनताको सेवा र सुरक्षाका लागी प्रतिबद्घ हुन सकेको खण्डमा जनताहरुबाट समेत प्रहरीको समेत सुरक्षा र सम्मानको वातावरण तय गर्न सकिन्छ ।

यसरी मात्र प्रहरी जनताको साथी वा सेवक ठहर हुन सक्दछ । अन्यथा प्रहरी हमेसा सत्तापक्ष र जनता सदासर्वदा प्रतिपक्षमा मात्र दरिइरहने हो भने लोकतान्त्रीक अभ्यासमा ठेस पुग्न सक्ने कुरामा समेत प्रहरीले नै ध्यान पुर्याउनु पर्दछ भन्ने उनको भनाई र गराईले मात्र उनी जनताका प्रिय बन्न सफल भएका हुन् । उनको यो छोटो कार्य कालमा केही छिटफुट बदमासीमा संलग्न भएर लाभान्वित हुनेहरु त नाराज भए नै होलान् तर अधिकाँस सज्जन जनता र सर्वसाधारण सहित ब्यवसाय गरेर जीवन यापन गर्नेहरु समेत अत्यन्तै सुरक्षीत महसुस गरी रहेकाछन् । आगामी दिनमा समेत यस्तै जनप्रिय प्रहरी अधिकृत भैदिए यस क्षेत्रको शान्ती सुव्यवस्थामा स्थिरता रहने थियो भन्ने आम जनचाहना रहेको समेत सहजै आँकलन गर्न सकिन्छ । आफ्नो १४ बर्षको करियरमा बिभिन्न पदकहरुले बिभुषीत भैसकेका क्षेत्री हालै प्राप्त गरेको काठमाण्डौ पुलिस अवार्ड , अख्तियार सेवा पदक , मेट्रो प्रहरी पुरस्कारले अलंकृत समेत भैसकेकाछन् । आगामी स्रविधान दिवसको अवसरमा समेत आफुले पुरकृत हुन पाउनु पर्ने उनको दावी अरु स्वाभाविक ठहर हुन सक्दछ । जनताका सेवामा समर्पित यस्ता निष्ठावान प्रहरीहरु अझै थपिंदै जाउन जसका कारण देशको शान्ती सुरक्षा अझै सवल हुँदै जाओस् । यसबाट अरुले समेत प्रेरणा लिन सकुन । अस्तु !!