कांग्रेसले अब कडा रुपमा सरकारको प्रतिवाद गर्ने

काठमाडौँ, असार  २० । सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लागि परेको छ ।

सरकारका हरेक गतिविधिलाई नजिकबाट नियालि रहेको कांग्रेस अब कडा रुपमा प्रस्तुत भई सरकारको प्रतिवाद गर्न उसले पाँच ‘स’को नीति अख्तियार गरेको छ ।

पाँच ‘स’ अर्थात् सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत् सरकारमाथि दबाव सिर्जना गर्ने तयारीमा कांग्रेस लागिपेको कांग्रेसले बताएको छ ।