बर्तमान सरकार ज्यानमारा र अधिनायकवादी भएको नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मनिष जङ थापाले आरोप लगाएका छन।
चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन खोजिएको भन्दै डा.गोविन्द केसी गत शनिवारदेखि जुम्लामा अनसनरत छन् ।
उनको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ। त्यस्तै आफ्नो छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामायाको स्वास्थ्य स्थिती गम्भीर बन्दै गईरहेको छ।
डा.केसी र गंगामायाको स्वास्थ्यस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनीहरुको माग सुनुवाई गर्न नागरिक समाज, वुद्धिजीवी लगायत राजनीतिक दलका नेताहरुले समेत माग गरिरहेका अवस्थामा पनि सरकारले बेवास्ता गरिरहेको थापाको आरोप छ।
हालको सरकार कम्युनिस्टको नाममा कलन्क भएकोले गर्दा नेता र नेता पत्नी विरामी भए दिल्ली र सिँगापुरमा उपचारका लागि जाने गर्दछन तर न्यायको भिख माग्ने गंगामाया अनि तराई/पहाड/हिमालका विपन्न जनताको स्वास्थसेवाका लागि निस्वार्थ लड्ने डा गोविन्द केसीलाई चाहिँ तिमीहरू मार्न चाहान्छौं ? धिक्कार छ तिमीहरूलाई उनले भने – तिमीहरू कम्युनिस्टको नाममा कलंक हौ।
कम्युनिस्टका कथित नेता मानिने लालबाबु पण्डित, गोकर्ण विष्ट र रवीन्द्र अधिकारीहरूलाई निन्द्रा खोलेरा केपिको दाउरा बाट बाहिर निस्किन पनि उनले चुनौती दिए।