यौन मनोबिज्ञानमा हास्य चलचित्र “मिस्टर भर्जिन”

 

नेपाली चलचित्रमा नौलो प्रयोग

बिशुद्ध गैर आवासिय नेपालीहरुको लगानीमा बनेको यौन मनोबिज्ञानमा आधारीत चलचित्र मिस्टर भर्जिन भदौको पहिलो साता बजारमा आउने भएको छ ।

निमार्ता खिलेन्द्र तिम्सीना

अस्ट्रेलियामा रहेका चलचित्रप्रेमीहरु खिलेन्द्रराज तिम्सीना, प्रजापती सिवाकोटी र मुकेश रेग्मीको निमार्णमा बनेको चलचित्र मिस्टर भर्जिन नेपाली चलचित्रको नया प्रयोग पनि हो । निर्देशक बीसारद बस्नेतको निर्देशन रहेको यो चलचित्रमा विजय बराल ,गौरव पहाडी,भोलाराज सापकोटा,रबिन्द्र झा, कमलमणी नेपाल तथा सृजना सुब्बा र मरिस्का पोखरेलको मुख्य भुमिका रहेको छ ।

बिदेशवाट काठमाडौ आएको ,काठमाडौमा बसेर बिदेश जान पर्खेर बसेको र गाउवाट काठमाडौ झरेको तिन साथीहरुको भेटवाट प्रारम्भ हुने चलचित्र काठमाडौको सेरोफेरोमा घुमेको छ । यौन बिज्ञानलाई अपशब्द प्रयोग नहुनेगरी दोहोरो भावमा लेखकले यसलाई सहज र सरल भाषामा चलचित्रमा दौडाएका छन । रमाइलो गर्ने मुडमा पुगेका केटाहरु यौनतृष्णाको रहरमा हण्डर र ठक्कर खादै जाने क्रममा दुइ घन्टा सकिएको पत्तो नहुने यसका निमार्ता खिलेन्द्रराज तिम्सीना बताउछन ।

निमार्ता प्रजापती सिवाकोटी

नेपाल तथा बिदेशमामा यसको प्रदर्शन आगामी भदौ १ अर्थात अगष्ट १७मा गरिने कुरा तिम्सीनाले बताए । प्रवासमा रहेर पनि नेपाली चलचित्रको प्रर्वधनमा लागेका यी युवाहरुको टिमले अर्को चलचित्र कागजपत्र पनि बनाउदै छ ।

हामी जहारहेपनि नेपाल र नेपाली कला,संस्कृती भन्दा बाहिर रहन सक्दैनौ, पहिलो पुस्ताका हाम्रो जिम्मेबारी पनि हो की नया पुस्तालाई आफ्नो देश र भेषका बारेमा जानकार बनाउने, अर्का निमार्ता प्रजापती सिवाकोटीले बताए ।

एनआरएन भएपनि हाम्रो धर्म , संस्कृतीलाई बचाउने जिम्मेबारी स्वरुप हाम्रो टिम नेपाली चलचित्र मार्फत प्रवासमा कला,संस्कृती र भाषाको जर्गेनामा अगाडि बढेको ,सिवाकोटीले चलचित्र निमार्णको प्रमुख उद्देस्यका बारेमा प्रष्टाए ।