–मुस्कान
चासोको विषय बनाउने
आफ्नै मनलाई छिया छिया पार्ने,
त्यसै नबुझ मेरो बारेमा
पढ्न नखोज्नु मेरो आँखा
यहाँ हजारौं हुन सक्छन् ,
वेदनाका आँसुहरु
धेरै कालदेखि अन्तरालसम्म
लुकाइ राखेकी छु मैले
त्यसैले, पाना पल्टाउने अधिकार
कसैलाई दिएको छैन मैले ।।१।।
बाहिरी खुशी त देख्छौ होला
भित्रको चरित्र बाँड्दिन म
आफुभित्रको गोप्यतालाई
उदाङ्गो पार्न सक्दिन म,
मुहारमा बहार हेरी हेरी
रम्नु रमाउनु सँधै भरी
मेरो संसारमा
अधिकार जमाउन नखोज
फेरी सूर्यको किरणले
साथ छोड्ला
त्यसैले, पाना पल्टाउने अधिकार
कसैलाई दिएको छैन मैले ।।२।।
रुन्छु होला
तर, हँसाउने प्रयासमा
कहिले काँही बन्नेछु अनविज्ञ
नजाने झै गर्ने छु,
तर, तिमी हाँसी दिनु
मेरो तालमा नाची दिनु
दिन चाहान्न दुःख
नभन्नु स्वार्थी मलाई
यस्तै छु,
सक्छौ स्वीकार गर
तर,
नसक्ने भए तिरस्कार पनि नगर
त्यसैले, पाना पल्टाउने अधिकार
कसैलाई दिएको छैन मैले ।।३।।